onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कराचीलाई हराउँदै सन्दीपको टिम लाहोर दोस्रो स्थानमा उक्लियो

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित लाहोर क्वालन्डर्सले पाकिस्तान सुपर लिगमा कराची किंग्सलाई पराजित गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लाहोरले कराचीलाई ६ विकेटले पराजित गर्यो ।खेलमा कराचीले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल चुनौतीलाई लाहोरले ४ बल बाँकी रहदै ४ विकेट गुमाएको अवस्थामा पूरा गर्यो ।

टिमलाई जित दिलाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान फखर जमानले सानदार ब्याटिङ गरे ।५४ बलको सामना गरेका उनले ८ चौका र ४ छ्क्काको सहयोगमा ८३ रनको योगदान गरे । यस्तै अत्यमा अविजित रहेका बेन डंक र डेभिड विसेले क्रमशः ५७ र ३१ रन बनाएपछि लाहोरलाई जित हासिल गर्न प्रयाप्त बन्यो ।

बलिङतर्फ कराचीका लागि ड्यानियल क्रिश्चियन, मोहम्मद अमिर र वकास मकसूदले १-१ विकेट लिएका थिए ।

त्यसअघि कराची राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कराचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सर्जिल खान र मोहम्मद नबिले अर्धशतकीय पारी खेले । खानले ६४ रन बनाउँदा नबिले ५७ रन बनाए ।

यी दुई ब्याट्सम्यान बाहेक टिमका लागि डेनियल क्रिश्चियनले २७ तथा वकास मकसूदले १२ रन बनाए ।

बलिङमा लाहोरका शाहीन अफरीदीले ३ तथा हरिस रौफ , अहमद दनियाल,समीत पटेल र डेभिड विसेले १-१ विकेट लिए ।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको लाहोरको ४ खेलबाट ३ खेलमा जित निकाल्दै अंकतालिकामा ६ अंक रहेको छ । यस्तै पराजित भएको कराची ४ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्