onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टेष्ट क्रिकेटको नयाँ वरियता सार्वजनिक : विराट कोहली पाँचौ स्थानमा

एजेन्सी । भारत र इंग्ल्यान्डबीचको तेस्रो टेष्टपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ वरियता सार्वजनिक गरेको छ ।

जसअनुसार केहि दिन अघि मात्र सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ न्युजिल्यान्डका कप्तान समेत रहेका केन विलियमसन ९ सय १९ रेटिङका साथ शीर्ष स्थानमा रहेका छन् ।

यस्तै दोस्रो स्थानमा अष्ट्रेलियन अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ रहेका छन् । भने तेस्रो स्थानमा अष्ट्रेलियाकै मार्नस लाबुसेन रहेका छन् । चौथों स्थानमा इंग्ल्यान्डका कप्तान जो रुट रहदा पाँचौ स्थानमा भारतीय टोलीका कप्तान विराट कोहली रहेका छन् ।

यी बाहेक छ्ठौंमा पाकिस्तानका बाबर आजम रहदा सातौं स्थानमा न्युजिल्यान्डका हेनरी निकोलस रहेका छन् । आठौंमा भारतका रोहित शर्मा रहेका छन् । जुन उनको अहिलेसम्मकै उत्कृष्ट वरियता हो । यस्तै नवौं स्थानमा अष्ट्रेलियाका डेविट वार्नर रहेका छन् । भने दशौं स्थानमा भारतका चेतेश्वर पुजारा रहेका छन् ।

यस्तै बलिङतर्फ अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट क्युमिन्स ९ सय ८ रेटिङका साथ वरियताको शीर्षस्थानमा रहेका छन् भने अलराउन्डरतर्फ वेस्ट इन्डिजका जोसन होल्डर शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्