onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपीएलको नयाँ मिति सार्वजनिक

काठमाडौं(अनलाइन खेल खबर ) । नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथों संस्करणको नयाँ मिति तय भएको छ ।

जस अनुसार प्रतियोगिता असोज ९ गतेदेखि २३ गतेसम्म सन्चालन हुनेछ । जसलाई नेपाल क्रिकेट संघ (क्यान) ले पनि स्वीकृति दिईएको बताईएको छ ।

अघिल्लो पटक चैत १ देखि १५ गतेसम्म यस संस्करण हुने तय थियो । तर कोभिड -१९ का कारण प्रतियोगिताको मुखैमा आएर प्रतियोगिता स्थगित हुन् पुगेको थियो ।

जसमा वेस्ट इन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेल देखि केसरिक विलियम्स,जर्ज मुन्शे, ड्वेन स्मिथ, हमाद हसन, हसन खान उपुल थरंगाजस्ता खेलाडीहरु आएर ईपीएलमा खेल्ने पक्का पक्की भएको थियो । तर यसपटक यी खेलाडीहरु आएर खेल्ने या नखेल्ने बारेमा आयोजकले क्रमशः जानकारी गराउने बताएको छ ।

ईपीएलमा कुल ६ फेन्चाइज टोलीको सहभागिता रहदै आएको छ । जसमा ललिपुर प्याट्रियट्स, काठमाडौं किंग्स ईलाभेन विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स रहेका छन् ।

यसअघि ईपीएल सन् २०१८ को डिसेम्बरमा भएको थियो । जसमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले उपाधि उचालेको थियो । ललितपुर च्याम्पियन हुने क्रममा शरद भेसावकर कप्तानीमा रहेको भैरहवालाई १४ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्