onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि घरेलु टोली भारतको टोली घोषणा

एजेन्सी । मार्च ७ तारिख देखि लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयि इकाना अन्तर्राष्ट्रिय रंगशालामा हुने दक्षिण अफ्रिकाविरुद्धको पाँच एकदिवसीय सिरिज र तीन खेलको टि – ट्वान्टी सिरिजका लागि घरेलु टोली भारतले आफ्नो टोलीको घोषणा गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले शनिबार घोषणा गरेको टोली अनुसार एकदिवसीय टोलीको नेतृत्व मिताली राजले गर्दा टि – ट्वान्टीको नेतृत्व हरमनप्रीत कौरले गर्नेछिन् ।

दुबै टोलीमा अनुभवी खेलाडी शिखा पाण्डे र विकेट किपर ब्याटर तान्या भाटिया टोलीमा समावेश नहुँदा मोनिका पटेल र सि प्रत्युषा पहिलो पटक टिममा समावेश हुन् सफल भएका छन् । यस्तै युवा खेलाडी सफाली वर्मालाई टि-ट्वान्टीमा मात्र मौका दिईएको छ ।

सिरिज अन्तर्गत सुरुमा एकदिवसीय सिरिज हुनेछ । जसको सुरुवात मार्च ७ तारिखमा हुनेछ । दोस्रो खेल ९ तारिखमा , तेस्रो खेल १२ तारिखमा,चौथो खेल १४ र पाँचौ खेल १७ तारिखमा हुनेछ । त्यसपछि यी दुईबीच तीन खेलको टि – ट्वान्टी सिरिज हुनेछ । जो क्रमशः मार्च २०,२१ र २३ तारिखमा हुनेछ ।

एकदिवसीय महिला टीमः मिताली राज (कप्तान), हरमनप्रीत कौर (उप- कप्तान)स्मृति मंधाना,जेमिमाह रोड्रिग्स,पुनम राउत, प्रिया पुनिया,यास्तिका भाटिया,डी हेमलथा,दीप्ति शर्मा, सुष्मा वर्मा,स्वेथा वर्मा,राधा यादव,राजेश्वरी गायकवाड, झुलन गोस्वामी, मानसी जोशी,पूनम यादव,सी प्रत्युषा
र मोनिका पटेल

टि-ट्वान्टी महिला टिम: हरमनप्रीत कौर (कप्तान), स्मृति मंधाना (उप- कप्तान),सफाली वर्मा,जेमिमाह रोड्रिग्स,दीप्ति शर्मा,रिचा घोष,हर्लेन देओल,सुष्मा वर्मा,नुजहत परवीन ,आयुषी सोनी, अरुंधती रेड्डी,राधा यादव,राजेश्वरी गायकवाड, पूनम यादव,मानसी जोशी,मोनिका पटेल,सी प्रत्युषा र सिमरन दिल बहादुर

प्रतिक्रिया दिनुहोस्