onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रंगशालामाथि नरेन्द्र मोदीको तुच्छ राजनीति

एजेन्सी । अहिले चर्चा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै रहेको छ । विश्वको उदाउँदै शक्तिको रुपमा अघि बढिरहेको भारतमा राजनीति चक्र स्थिर छैन । यस बीचमा यिनै मोदी अहिले खेलकुदसँग जोडिदै पुनः चर्चामा रहेका छन् ।

खासमा उनको चर्चा अहिले इंग्ल्यान्ड र भारतको बीच भईरहेको टेष्ट खेलको रंगशालालाई लिएर भईरहेको छ । अहमदाबादस्थित मोटेरामा रहेको विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको नामाकरण अहिले नरेन्द्र मोदी गरिएको छ ।

ठिक छ नामाकरणमै किन यत्रो आपत्ति ! आपत्तिनै हुने काम यहाँ देखिएको छ । यसअघि यस रंगशालालाई भारतीय राज नेता सरदार पटेल रंगशाला भनेर प्रचार गरिएको थियो । जसलाई आधिकारिक रुपमा जुन रंगशालाको संरक्षक हो । सोहि कुरालाई गुजरात क्रिकेट एसोसिएसनले समेत उल्लेख्य गर्दै आएको थियो । जसमा कयौं प्रमाणका रुपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) देखि मिडिया रिपोर्टमा पनि स्पष्ट उल्लेख रहेको छ । रंगशालाको नाम सरदार पटेलनै हो ।

सन् २०१५ मा मोटेरामा अवस्थित रंगशालालाई पुरानो ढाँचालाई हटाएर नयाँ ढाँचामा विश्वको ठूलो तथा आकर्षक बनाईएको थियो । जुन अघिल्लो वर्ष निर्माणकार्य सकिएको थियो । जसमा अघिल्लो वर्षनै यहि रंगशालामा तत्कालिन अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नमस्ते ट्रम्प नामक कार्यक्रम समेत रहेको थियो ।

निर्माण कार्य देखि चर्चामा रहेको यस रंगशाला त्यसबेला अझ चर्चामा रहयो । र त्यसको एक वर्ष पछि अहिले फेरी चर्चा रंगशालाकै रहेको छ । रंगशालालाई देखेर सबै दंग परिरहेको बेला रंगशालामाथि तुत्छ राजनीति प्रवेश गरेको छ । नामाकरणलाई लिएर राता-रात बोलि र ब्यबहार फेरिएपछि त्यसमा भारतीय विपक्षी पाट्री भारतीय राष्ट्रिय कांग्रेसले भारतको स्वतन्त्रता संग्रामका सेनानी एवम् स्वतन्त्र भारतको प्रथम गृहमन्त्री सरदार पटेलको अभिमुल्यन गरेको निष्कर्ष निकालेको छ ।

जसमा कांग्रेससँगै भारतीय धेरैले यहीँ कुरालाई व्यक्त गरिरहेका छन् । जसमा कयौं राष्ट्रवादी राजनितीकर्मी र भारतीय चर्चित अनुहार देखि सर्वसाधारण जनताले मोदीको यो कदमलाई तुत्छको संज्ञा दिदै असन्तुष्ट जाहेर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्