onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिस गेल फर्किए राष्ट्रिय टोलीमा

एजेन्सी । श्रीलंकाविरुद्धको टि-ट्वान्टी सिरिजका लागि वेस्ट इन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेल टोलीमा फर्किएका छन् ।

शनिबार सार्वजनिक भएको टोलीमा गेलसँगै अर्का तीब्र गतिका बलर फिडेल एडवार्ड्स पनि ९ वर्षपछि टोलीमा फर्किएका छन् । यी दुबैले पछिल्लो समय फेन्चाइज लिगमा राम्रो प्रदर्शन गरेका थिए । ४१ वर्षिय गेल सन् २०१९ अगस्टबाट टिम बाहिर रहेका थिए ।

यहीँ वर्ष नोभेम्बरमा भारतमा हुने आइसिसी टि – ट्वान्टी विश्वकपको तयारीमा जुटिसकेको घरेलु टोली वेस्ट इन्डिजले श्रीलंकाविरुद्ध तीन खेलको टि – ट्वान्टी , तीन खेलको एकदिवसीय र दुई खेलको टेष्ट सिरिज खेल्नेछ ।

जस अन्तर्गत मार्च ४ मा पहिलो टि – ट्वान्टी खेल हुनेछ । दोस्रो ६ र तेस्रो ८ तारिखमा हुनेछ । त्यसपछि एकदिवसीय सिरिजको पहिलो खेल मार्च १० तारिखमा हुँदा दोस्रो १२ र तेस्रो १४ तारिखमा हुनेछ । र अन्तिममा यी दुईबीच २ खेलको टेष्ट सिरिज पनि हुनेछ । जसको सुरुवात मार्च २१ बाट हुनेछ ।

टि- ट्वान्टी टिम : कीरोन पोलार्ड (कप्तान),निकोलस पूरन (उप-कप्तान), फैबिन एलेन,ड्वेन ब्रावो,फिदेल एडवर्ड्स, आंद्रे फ्लेचर,क्रिस गेल,जेसन होल्डर,अकील बोसिन,एविन लुईस,ओबेद मैकॉय,रोवमैन पॉवेल,लेंडल सिमंस र केविन सक्कल।

एकदिवसीय टिम : कीरोन पोलार्ड (कप्तान),शाई होप (उप-कप्तान),फैबियन एलेन,डैरेन ब्रावो,जेसन होल्डर,अकील होसिन, अल्जारी जोसेफ, एविन लुईस,काइल मेयर,जेसन मोहम्मद, निकोलस पूरण,रोमारियो शेफर्ड र केविन सिनक्लेयर

प्रतिक्रिया दिनुहोस्