राशिदले छोड्दा सन्दीपलाई मौका
एजेन्सी । अफगानिस्तानका स्टार खेलाडी राशिद खानले पाकिस्तान सुपर लिग (पिएसएल) मा नखेल्ने बताएपछि लाहोर कलन्दर्सले उनको स्थानमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेलाई आमन्त्रण गरेको छ ।
लिग भन्दा देश ठूलो भन्दै अन्तर्राष्ट्रिय ड्युटीका कारण राशिदले यस संस्करणको पिएसएल नखेल्ने जनाएपछि सन्दीपलाई लाहोरले बोलाएको हो ।
त्यसपछि उनि शनिबार बिहान कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरिसकेका छन् । यसअघि सन्दीपले सन् २०१९ मा पनि लाहोरबाटै खेलेका थिए । त्यसबेला लाहोर अंक तालिकाको पुछारमा रहदै प्रतियोगिताको समापन गरेको थियो ।
जस अन्तर्गत सन्दीपले ७ खेलमा खेल्ने मौका पाउँदा उनले कुल ११ विकेट लिएका थिए । यसअघि सन्दीपलाई ड्राफ्टमार्फत कुनै पनि टोलीले भित्राएका थिएनन् । जसमा उनले आफ्नो नाम सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा राखेका थिए ।
लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेलिसकेको अवस्था छ । जसमा २ खेल जित्दा एक खेल भने गुमाएको छ । अब लाहोरले आफ्नो चौथों खेलमा आईतबार कराची किंग्सको सामना गर्नेछ । यो सँगै अब हेर्न बाँकी रहेको छ सन्दीपलाई लाहोरले कत्तिको प्राथमिकता दिनेछ ।