onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेटर मनिरन्त सडक दुर्घटनामा घाईते : उपचार जारी

काठमाडौं (अनलाइन खेल खबर ) ।युवा क्रिकेटर मनिरन्त कुमार शाह सडक दुर्घटना परि घाईते हुन् पुगेका छन् ।

फागुन १ गते काम विशेष सक्काएर चितवनबाट काठमाडौं फर्किदै गर्दा मोटरसाइकलमा सवार उनलाई विपरित दिशाबाट आईरहेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

त्यसपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । विषेश गरि बायाँ आखामा गम्भीर चोट बोकेका उनको बायाँ खुट्टा र दायाँ हातमा फ्याक्चर समेत भएको छ ।

आँखाको उपचार स्वदेशमा त्यो किसिमको सम्भव नदेखेपछि उनि अन्तिम आशासहित भारतको चेन्नईमा उपचार गर्न जाने तयारीमा रहेका छन् ।

काठमाडौंमा रहेर आफ्नो अध्ययनलाई अघि बढाईरहेका उनले क्रिकेटलाई पनि साथ साथ अगाडि बढाईरहेका थिए । त्यस क्रममा उनले काठमाडौंमा दर्जनौं क्रिकेट प्रतियोगितामा सहभागी भए भने भारत,मलेसिया र श्रीलंका जस्ता देशमा गएर क्रिकेट प्रतियोगितामा समेत खेले ।

यसबीचमा उनि थप उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने तयारी पनि गर्दै थिए । त्यसका लागि भिसा समेत आईसकेको थियो । कोभिड-१९ का कारण उनको त्यसतर्फ जाने प्रक्रिया रोकिएको थियो । रौतहट निवासी २३ वर्षीय मनिरन्त परिवारका जेठो सन्तान हुन् । परिवारमा उनको बुवा – आमासहित एक भाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्