onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दुई पटकका विश्व विजेता युसुफ पठानबाट सन्यासको घोषणा

एजेन्सी । भारतले सन् २००७ मा टि – ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवसिय विश्वकपको ट्रफी उचाल्दाका टिमका महत्वपूर्ण सदस्य युसुफ पठानले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सन् २००७ मा पाकिस्तानविरुद्ध टि-ट्वान्टी खेल खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा तय गतेका अलराउन्डर युसुफले भारतका लागि ५७ एकदिवसीय र २२ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेले । जसमा उनले एकदिवसीयतर्फ ८ सय १० रन तथा ३३ विकेट लिए भने टि-ट्वान्टी अन्तर्राष्ट्रिय तर्फ २ सय ३६ रन तथा १३ विकेट लिन सफल भए ।

उनले अन्तिम पटक भारतीय टोलीबाट सन् २०१२ मा खेलेका थिए । त्यसपछि उनि घरेलु क्रिकेट र आईपीएलमा देखिदै आएका थिए । आईपीएलमा भने उनले लामो समय बिताए । त्यसको फलस्वरुप उनले १ सय ७४ आईपीएल खेल खेले । जसमा ३ हजार २ सय ४ रन र ८२ विकेट लिए ।

आईपीएलमा पहिलो संस्करणमा राजस्थानबाट खेलेका उनले अन्तिम पटक सन् २०१९ मा हैदराबादबाट खेलेका थिए । जसमा उनले तीन पटक विजेता टोलीबाट खेले । पहिलो राजस्थान र सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्स च्याम्पियन हुँदा उनि सोही टिममाआबद्ध रहेका थिए ।

३८ वर्षीय युसुफले सन्यास लिदै गर्दा आफ्नो सबैभन्दा यादगार समय भारतले सन् २०११ मा श्रीलंकालाई हराउँदै उपाधि जितेपछि सचिनलाई काधमा हालेर परिक्रमा गर्नु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्