onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सचिन लगायत दिग्गज खेलाडीहरु खेल्ने प्रतियोगिताको खेल तालिका सार्वजनिक

एजेन्सी । सचिन तेन्दुलकर लगायत विश्व क्रिकेटका दिग्गज खेलाडीहरु खेल्ने क्रिकेट प्रतियोगिता रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

जस अनुसार प्रतियोगिताको दोस्रो संस्करण मार्च ५ बाट सुरु हुनेछ । प्रतियोगिताका सबै खेल रायपुरस्थित सहिद भिर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

जसमा भारत लेजेन्ड्स ,दक्षिण अफ्रिका लेजेन्ड्स, वेस्ट इन्डिज लेजेन्ड्स,श्रीलंका लेजेन्ड्स ,बंगलादेश लेजेन्ड्स र इंग्ल्यान्ड लेजेन्ड्सको सहभागि रहने छन् । अष्ट्रेलिया लेजेन्ड्स भने यस पटक अनुपस्थित रहनेछ ।

खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन भारत लेजेन्ड्सले बंगलादेश लेजेन्ड्सको सामना गर्नेछ । सेमिफाइनल खेलहरु मार्च १७ र १९ तारिखमा हुनेछ भने फाइनल खेल २१ तारिखमा हुनेछ ।

सामाजिक उत्तरदाहित्वको लागि हुने यस प्रतियोगितामा विश्व क्रिकेटका महान हस्तिहरु सचिन तेन्दुलकर देखि वीरेन्द्र सहवाग, ब्रायन लारा,युवराज सिंह,जोन्टी रोड्स, ब्रेटली, ब्रायन लारा, मुथैया मुरलीधरन जस्ता खेलाडीहरु खेल्नेछन् ।

अघिल्लो वर्ष मुम्बईमा भएको प्रतियोगिता पूरा हुन् पाएको थिएन । कोभिड-१९ का कारण प्रतियोगिता बीचमै स्थगित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्