onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु मैदानमा फाइनल खेल्ने इंग्ल्यान्डको सपना अधुरो

एजेन्सी ।भारतविरुद्धको चार खेलको टेष्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्ड १० विकेटले पराजित भएसँगै इंग्ल्यान्डको आईसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्ने सपना अधुरो हुन् पुगेको छ ।

जून १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुने आईसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न इंग्ल्यान्डलाई भारतविरुद्धको तेस्रो र चौथो खेलमा जित हासिल गर्नु पर्ने थियो । तर तेस्रो खेलमै पराजित हुन् पुगेपछि इंग्ल्यान्डको घरेलु मैदानमा फाइनल खेल्ने सपना अधुरोनै हुन् पुग्यो ।

सिरिज अन्तर्गत पहिलो खेलमा भारतलाई २ सय २७ रनले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा भारतसँग ३ सय १७ रनले पराजित हुन् पुगेको थियो । यस्तोमा इंग्ल्यान्डलाई फाइनल पुग्न बाँकी दुई खेलमा स्पष्ट जितको आवस्यक रहेको थियो ।
सिरिजमा २-१ ले अग्रता बनाएको भारतलाई फाइनल पुग्न सिरिजको चौथों तथा अन्तिम खेलमा बराबरी गरेपनि प्रयाप्त हुनेछ । जितेमा अझ सुनमा सुगन्ध थपिने छ । तर भारत पराजित भएको खण्डमा अष्ट्रेलिया फाइनल पुग्नेछ ।

विश्व टेष्ट च्याम्पियनसिपको ताजा अंकतालिकामा भारत ४ सय ९० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भने फाइनल पक्का गरिसकेको न्युजिल्यान्ड ४ सय २० अंकका साथ दोस्रोमा रहेको छ । भने ३ सय ३२ अंक रहेको अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्