onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु टोली भारत १० विकेटले विजयी

एजेन्सी । भारत र इंग्ल्यान्डबीचको चार खेलको टेष्ट सिरिजको तेस्रो खेलमा पाहुना टोली इंग्ल्यान्ड १० विकेटले पराजित भएको छ ।

अहमदाबादस्थित मोदी रंगशालामा भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ४९ रनको सामान्य लक्ष्यलाई भारतले ७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । जसमा भारतका ओपनरद्वय रोहित शर्मा र शुभमन गिलले क्रमशः २५ र १५ रन बनाए ।

इंग्ल्यान्डले दोस्रो इनिङमा ३०.४ ओभरमा अलआउट हुँदै मात्र ८१ रन बनाउँदा खेलको नतिजा बिहिबारनै आएको हो । पहिलो इनिङमा पनि खराब ब्याटिङ गरेको इंग्ल्यान्डको सोही निरन्तरता दोस्रो इनिङमा दोहोरियो त्यसको फलस्वरुप टिम कम स्कोरमै अलआउट हुन् पुग्यो । उसका लागि बेन स्टोक्सले २५ तथा कप्तान जो रुटले १९ रन बनाए ।

बलिङतर्फ भारतका अक्षर पटेलले १५ ओभरमा ३२ रन खर्चिएर ५ विकेट लिए भने रविचन्दन आश्विनले ४ तथा वासिङटन सुन्दरले १ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्डले १ सय १२ रन मात्रै बनाएको थियो । त्यसपछि आफ्नो इनिङलाई सुरु गरेको भारतको पनि सन्तोषजनक ब्याटिङ भने हुन् सकेन् । जो रुट एक्लैले ५ विकेट हात पार्दा घरेलु टोली भारत पनि ५३.२ ओभरमा अलआउट हुँदै १ सय ४५ रनमा सिमित हुन् पुगेको थियो ।

यो हारसँगै इंग्ल्यान्ड आईसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्नबाट बन्चित हुँदा भारतले भने सम्भावना बलियो बनाएको छ । अब यी दुईबीचको चौथो तथा अन्तिम खेल  ४ मार्चदेखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्