onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पृथ्वी शाले कीर्तिमानी पारी खेल्दा मुम्बईको फराकिलो जित

एजेन्सी । युवा ओपनर ब्याट्सम्यान तथा मुम्बईका कप्तान पृथ्वी शाले कीर्तिमानी दोहोरो शतकीय पारी खेल्दा मुम्बईले जारी विजय हजारे ट्रफीमा पुडुचेरीमाथि फराकिलो जित हासिल गरेको छ ।

प्रतियोगितामा फराकिलो जित हासिल गर्ने क्रममा मुम्बईले बिहिबार पुडुचेरीलाई २ सय ३३ रनले पराजित गर्यो ।

खेलमा मुम्बईले प्रस्तुत गरेको ४ सय ५८ रनको विशाल लक्ष्यलाई पछ्याएको पुडुचेरी ३८.१ ओभरमा अलआउट हुँदै २ सय २४ रनमा सिमित हुन् पुगेपछि मुम्बईलाई फराकिलो जित हासिल गर्न प्रयाप्त बन्यो ।

उसका लागि कप्तान दामोदरन रोहितले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ६३ रनको योगदान गरे । भने सागर त्रिवेदीले ४३ तथा पारस दोग्राले २९ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि प्रशान्त सोलंखीले पाँच तथा शार्दुल ठाकुर र तुशार देश पाण्डेले दुई – दुई र यशस्वी जैसवालले एक विकेट लिए ।
त्यसअघि जसपुरस्थित सवाई मानसिंह रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाएर ४ सय ५७ रन बनाएको थियो ।

जसमा पृथ्वी शाले सानदार कप्तानी पारी खेले । विजय हजारेको इतिहासमा सर्वाधिक उच्च स्कोर बनाउने क्रममा उनले २ सय २७ रन बनाए । अविजित उनले उक्त कीर्तिमानि रन बनाउने क्रममा १ सय ५२ बलमा ३१ चौका र ५ छ्क्का समेत प्रहार गरेका थिए । यसअघि विजय हजारे ट्रफीमा सन्जु स्यामसनले २ सय १२ रन बनाएका थिए ।

शा बाहेक सुर्य कुमार यादवले पनि शतकीय पारी खेल्ने क्रममा सय ३३ रन बनाउँदा विकेटकिपर ब्याट्सम्यान आदित्य तारेले ५६ जोडे ।

बलिङतर्फ पुडुचेरीका लागि पंकज सिंहले दुई तथा सागर त्रिवेदी र एसएस कुमारले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्