onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुटले अदभुत बलिङ गर्दा भारतको निराशाजनक ब्याटिङ

एजेन्सी । इंग्ल्यान्डका कप्तान जो रुटले सानदार बलिङ गरेपछि घरेलु टोली भारत आफ्नो पहिलो इनिङ्समा सस्तैमा समिटिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बुधबार देखि सुरु भएको तेस्रो टेष्टमा भारत बिहिबार ५३.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय ४५ रन बनायो ।

उसका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ६६ रन बनाए भने कप्तान विराट कोहलीले २७ रन तथा रविचन्द्रन आश्विनले १७ रन बनाउनु बाहेक अन्य खेलाडीको उल्लेख्य योगदान गर्न सकेनन् ।

भारतको ब्याटिङ ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका कप्तान जो रुटले सानदार बलिङ देखाए । मात्र ६.२ ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै मात्र ८ रन खर्चिएर ५ विकेट लिए । स्मरण रहोस रुट नियमित बलर भने होइनन् । उनको बलमा रिषभ पन्त , आश्विन , वासिङटन सुन्दर , अक्षर पटेल र जसप्रित बुमराह आउट हुन् पुगे । यस्तै ज्याक लीचले ४ र जोफ्रा आर्चरले १ विकेट लिए ।

त्यसअघि अघिल्लो दिन इंग्ल्यान्डको पहिलो इनिङ्स पनि यी यस्तै हुन् पुगेको थियो । भारतीय बलर हाबी हुँदा इंग्ल्यान्ड १ सय १२ रनमै सिमीत हुन् पुगेको थियो । त्यस क्रममा इंग्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान जाक क्रॉलीले अर्धशतकीय पारी खेल्ने क्रममा ५३ रन बनाएका थिए ।

बलिङमा भारतका अक्षर पटेल चम्किएका थिए । जसमा उनि एक्लैले ६ विकेट लिदा आश्विनले ३ र ईशान्त शर्माले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्