onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुलको मुख्य खेलकुद सल्लाहकारमा नियुक्त

काठमाडौं(अनलाइन खेल खबर )। भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षी गुरुकुल (विद्यालय)को मुख्य खेलकुद सल्लाहकारका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् ।

बिहिबार गुरुकुलले आफ्नै परिषदमा एक समारोहकाबीच मल्लसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । जसमा गुरुकुलका अध्यक्ष राजेश चौधरी र मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुरुप सुरुवाती अवस्थामा उनि गुरुकुलसँग एक वर्ष जोडिने छन्।

सम्झौता प्रश्चात गुरुकुलका अध्यक्ष राजेश चौधरीले राष्ट्रिय क्रिकेट टोलीको कप्तानलाई आफ्नो गुरुकुलमा जोड्न पाउँदा धेरै खुशी लागेको र मल्लको आगमनसँगै गुरुकुलमा थप खेलकुदको माहोल सिर्जित हुने उनले आशा व्यक्त गरेका छन् ।

यस्तै आफूलाई गुरुकुलको मुख्य खेलकुद सल्लाहकारको रुपमा आवद्ध गरेकोमा मल्लले पनि खुशी व्यक्त गर्दै गुरुकुल परिवारलाई धन्यवाद दिएका थिए ।

सन् २०१२ मा स्थापना भएको यस गुरुकुलले आफ्नो स्थापनाको छोटो समयमानै आफूलाई राम्रोसँग स्थापित गर्न सफल भईसकेको छ । भक्तपुर जिल्लामा प्रतिष्ठित रुपमा लिईने यस गुरुकुलमा प्लस -२ सम्म अध्ययन हुँदै आएको छ । जसले अध्ययनका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्