onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमान्चक जित

एजेन्सी । न्युजिल्यान्ड र अष्ट्रेलियाबीच पाँच खेलको टि- ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियामाथि रोमान्चक जित हासिल गर्ने क्रममा ४ रनले पराजित गरेको छ ।

बिहिबार बिहान भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २० रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलिया निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर २ सय १५ रनमा सिमित हुन् पुगेछि न्युजिल्यान्डलाई रोमान्चक जित निकाल्न प्रयाप्त बन्यो ।

विशाल लक्ष्यलाई पछ्याएको अष्ट्रेलियालाई जितको धेरै नजिक पुर्याउने क्रममा उसका लागि मार्कस स्टोनिसले सर्वाधिक ठूलो पारी खेले । मात्र ३७ बलको सामना गरेका उनले ७ चौका र ५ छ्क्काको सहयोगमा ७८ रनको योगदान गरे । यस्तै जोस फिलिपले ४५ रन जोड्दा डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाएका थिए ।

बलिङतर्फ न्युजिल्याण्डका मिचेल स्टानरले ४ विकेट लिए भने जेम्स निशमले २ विकेट तथा टिम साउथि र ईश सोधीले १-१ विकेट लिएका थिए ।

त्यसअघि युनिभर्सिटी ओभल डुनेडिनमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।

न्युजिल्याण्डका लागि ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलले सानदार ब्याटिङ गर्ने क्रममा ९७ रनको योगदान गरे । ५० बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ६ चौका र ८ छ्क्का समेत प्रहार गरे । यस्तै कप्तान कप्तान केन विलियम्सनले ५३ रन जोड्दा अविजित रहेका जेम्स निशमले ४५ रन थपेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट हात पार्दा झेय रिचर्डसन, एडम जाम्पा र ड्यानियल साम्सले १-१ विकेट लिए ।

यो सँगै लगातार दुई खेलमा जित निकाल्दै न्युजिल्यान्डले सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्