भारतको उत्कृष्ट प्रदर्शन
एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत तेस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।
डे – नाइट टेष्टमा पहिलो दिनको समाप्तिसम्ममा भारतले ३३ ओभरमा ३ विकेट गुमाएर ९९ रन बनाईसकेको छ । उसका लागि क्रिजमा रोहित शर्मा ५७ रन र अजिक्या राहाणे रहेका छन् । त्यसअघि ओपनर ब्याट्सम्यान शुभमन गिल ११ रन बनाएर आउट हुँदा कप्तान विराट कोहलीले २७ रन थपे । यस्तै चेतेश्वर पुजारा भने शून्य रनमा पभेलियन फर्किए ।
बलिङमा इंग्ल्यान्डका ज्याक लीचले २ र जोफ्रा आर्चरले १ विकेट हात पारे ।
त्यसअघि बुधबार दिउँसो अहमदाबादस्थित नरेन्द्र मोदि रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इंग्ल्यान्ड ४८.४ ओभरमा अलआउट हुँदै १ सय १२ रनमा सिमित हुन् पुगेको थियो ।
निकै खराब ब्याटिङ गर्ने क्रममा इंग्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान जाक क्रॉलीले सर्वाधिक ठूलो पारि खेल्ने क्रममा ८४ बलमा १० चौकासहित ५३ रन बनाए । यस्तै टिमका लागि कप्तान जो रुटले १७ रन तथा बेन फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनु बाहेक अन्य खेलाडीको सम्झनानायक प्रदर्शन हुन् सकेन ।
इंग्ल्यान्डलाई कम स्कोरमै रोक्ने क्रममा भारतका अक्षर पटेल एक्लैले ६ विकेट हात पारे । उत्कृष्ट बलिङ प्रस्तुत गर्ने क्रममा उनले २१.४ ओभर बलिङ गर्दै ६ ओभर मेडन राख्दै मात्र ३८ रन खर्चिएर उक्त विकेट हात पार्न सफल भए । यस्तै रविचन्द्रन आश्विनले ३ विकेट तथा ईशान्त शर्माले १ विकेट लिए ।
सिरिज अन्तर्गत यसअघि चेन्नईमा भएको पहिलो खेलमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो । भने दोस्रो खेलमा भारतले इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको थियो ।