onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कप फागुनको अन्तिम सातामा हुने

काठमाडौं(अनलाइन खेल खबर)। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक काठमाडौंमा हुन् लागेको मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता फागुनको अन्तिम साताबाट सुरु हुने भएको छ ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान )ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता फागुनको २२ गतेबाट सुचारु हुने जानकारी गराएको छ । प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा हालै सम्पन्न भएको प्रधानमन्त्री कपका सेमिफाइनल पुग्ने टिमहरु त्रिभुवन आर्मी क्लब,एपीएफ,नेपाल पुलिस क्लब र बाग्मती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ।

महानगरपालिकाको टिम भने प्रधानमन्त्री कपमा सहभागी अन्य टोलीका उत्कृष्ट खेलाडीलाई समावेश गरिनेछ । प्रतियोगितामा लिगका आधारमा सन्चालन हुनेछ । लिग चरणमा एक टिमले ४ खेल खेल्नेछ ।

त्यसपछि अंकतालिकाको शीर्ष दुई टोली फाइनल पुग्नेछ । फाइनल खेल फागुन २९ गते हुनेछ । लिग चरणका खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितालाई महानगरपालिकाले नगद ५० लाख सहयोग गर्नेछ । जसमा ब्यवस्थाकिय काम पनि क्यानले महानगरपालिकासँग सहकार्य गरेर गर्नु पर्नेछ । उद्घाटन र समारोह कार्यक्रममा महानगरपालिकाका अनुसार अतिथि बोलाईने छ ।

प्रतिक्रिया दिनुहोस्