onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मलाई विश्वास छ दिल्लीले यसपटक अझ राम्रो नतिजा ल्याउने छ : स्मिथ

एजेन्सी । अष्ट्रेलियन पूर्व कप्तान तथा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथलाई यसपटक इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ठूलो बोली लाग्ने अनुमान गरिएको थियो । तर चेन्नईमा केहि दिन अघि मात्र भएको अक्सन समारोहमा उनि सस्तैमा विक्री हुन् पुगे ।

फोटोमा स्मिथ र उनकी जीवन साथी

यस कुराले धेरैलाई अचम्मित बनायो । आईपीएल इतिहासमा यी यस्ता परिदृश्य देखिरहन्छन् । त्यो नौलो विषय भने होइन् । अक्सन माहोलनै यस्तो बनि दिन्छ कि कहिले काहीँ कम बोली लाग्न सक्ने वा बोलीनै नलाग्न सक्नेलाई पनि राम्रो बोली लागेको हुन्छ । भने कहिँ उच्च बोली लाग्ने अनुमान गरिएकोमा कम वा लाग्दै लाग्दैन ।

यस्तोमा स्मिथ यसपटक निकै सस्तोमा साविकको उप-विजेता दिल्ली क्यापिटल्समा आबद्ध हुन् पुगेका छन् । अक्सनका लागि आफ्नो मूल्य न्युनतम २ करोड राखेका उनि मात्र २ करोड २० लाखमा मात्र सोल्ड हुन् पुगे ।

आईपीएलमा राजस्थान रोयल्सबाट दिल्ली पुगेका उनले दिल्लीका समर्थकहरुका लागि मंगलबार सुभकामना सन्देश पठाएका थिए।

जसमा उनले भनेका छन् दिल्लीसँग जोडिन पाउँदा धेरै उत्साहित छु । टिममा खेलाडीसँगै प्रशिक्षक पनि राम्रा रहेका छन् । विश्वास छ टिमले अघिल्लो भन्दा राम्रो नतिजा ल्याउने छ ।

अघिल्लो संस्करणमा जुन युएईमा भएको थियो । जसमा राजस्थान रोयल्सको कप्तानी समेत निर्वाह गरेका उनलाई टिमले १२ करोड ५० लाख खर्चिएको थियो । यस्तोमा उनिबाट राजस्थानले ठूलो आशा समेत गरेको थियो तर उनि आशामाथि खरो भने उत्रिन सकेनन् ।

टिमले पनि लिगको अन्तिम स्थानमा रहदै प्रतियोगिताको समापन गर्दै गर्दा उनले १४ खेलमा ३ सय ११ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्