onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल पुग्न इंग्ल्यान्ड र भारतलाई जित्नैपर्ने आवस्यक

एजेन्सी । जुन १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुने आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल पुग्नका लागि बुधबार देखि सुरु हुने इंग्ल्यान्ड र भारतबीचको तेस्रो खेलमा दुबै टिमलाई जित हासिल गर्नु पर्नेछ।

विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डसँग भेट पक्का गर्न दुबै टिमलाई जित हासिल गर्नु उत्तिकै आवस्यक रहेको छ । फाइनल निर्धारण गर्ने यस चार खेलको सिरिज अन्तर्गत चेन्नईमा भएका दुई टेष्टमा पहिलो खेल इंग्ल्यान्डले २ सय २७ रनले जित्दा दोस्रो खेल भारतले ३ सय १७ रनले जितेको थियो ।

यो खेलपछि अहिले विश्व टेष्टच्याम्पियनसिपको अंकतालिकामा फाइनल पुगिसकेको न्युजिल्यान्डपछि दोस्रो स्थानमा ४ सय ६० अंकसहित भारत रहेको छ भने क्रमशः ३ सय ३२ अंकसहित अष्ट्रेलिया र ४ सय ४२ अंकका साथ इंग्ल्यान्ड रहेको छ ।

यस्तोमा बुधबार नेपाली समय अनुसार दिउँसो पौने ३ बजेपछि अहमदाबादस्थित सरदार पटेल रंगशालामा सुरु हुने तेस्रो टेष्टमा पराजित हुने टिमको फाइनल पुग्ने सपना सकिने छ । भने खेल बराबरीमा सकिए पाहुना टोली इंग्ल्याड बाहिरिने छ ।

फाइनलमा पुग्न भारतलाई सिरिज ३-१ वा २-१ ले जित्नु पर्ने हुन्छ । भने इंल्यान्डले बाँकी २ खेलमा जित निकाल्दै सिरिज ३-१ ले आफ्नो पक्षमा पार्नु पर्ने हुन्छ । यस्तै समिकरणमै रहेको अष्ट्रेलियाको हकमा भने सिरिज २-२ ,१-१ वा १-२ ले सकिएको हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्