onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईशान्तका लागि ऐतिहासिक दिन

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीच चार खेलको टेष्ट सिरिजको तेस्रो खेल बुधबारबाट सुरु हुँदैछ । अहमदाबादस्थित विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला सरदार पटेल रंगशालामा पहिलो पटक हुन् गईरहेको खेल आफैमा धेरै केन्द्रबाट महत्वपूर्ण रहेको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डसँग २ सय २७ रनले पराजित भएको भारतले दोस्रो खेलमा राम्रो पुनरागमन गर्दै ३ सय १७ रनले जित आत्मसाथ गरेको थियो ।

यस्तोमा १ लाख १० हजार दर्शक क्षमताको रंगशालामा हुन् गईरहेको तेस्रो खेलमा भारत उत्कृष्ट सुरुवात गर्दै जित हासिल गर्ने रणनीतिका साथ अगाडि बढदै गर्दा इंग्ल्यान्ड अघिल्लो हारलाई भुल्दै सिरिजमा अग्रता बनाउने सोचका साथ अघि बढ्ने छ ।

दुबै टिम सिरिजमा अग्रता बनाउने हेतुका साथ मैदानमा उत्रिदै गर्दा भारतीय अनुभवी तीब्र गतिका बलर ईशान्त शर्माका लागि यो खेल निकै खास रहने छ ।

यदि उनलाई भारतले अन्तिम -११ मा स्थान दियो । जुन सम्भावना प्रबल छ । त्यसपछि यो दिन उनका लागि ऐतिहासिक दिन सावित हुनेछ । यस्तोमा क्रिकेट यात्राको लगभग अत्य अत्य तिर देखिएका ईशान्तले टेष्टतर्फ १ सय खेल पूरा गर्ने छन् ।

यसरी सय टेष्ट खेलिरहदा उनि भारतका दोस्रो तीब्र गतिका बलर बन्ने छन् । जो टेष्टमा सय खेल पूरा गरेको हुनेछ । यसअघि कपिल देवले सय टेष्ट पूरा गरिसकेका छन् ।

३२ वर्षीय ईशान्तले टेष्टको सुरुवात सन् २००७ मा बंगलादेशविरुद्ध खेल्दै गरेका थिए । यस बीचमा उनले ९९ टेष्टमा ३ सय २ विकेट लिईसकेका छन् । जसमा उनको सर्वोउत्कृष्ट प्रदर्शन घरेलु मैदानमा मात्र ७४ रन खर्चिएर ७ विकेट रहेको छ । भने देश बाहिर १ सय ८ रन खर्चिएर १० विकेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्