onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप खेल्ने द हन्ड्रेडको खेल तालिका सार्वजनिक

एजेन्सी । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन् गईरहेको द हन्ड्रेड अर्थात १ सय बलको क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

मंगलबार जारी भएको खेल तालिका अनुसार महिला र पुरुषको खेलहरु सँग – सँगै सुरु हुने भएका छन् । महिलाको हकमा लिग जुलाई २१ बाट सुरु हुनेछ । भने पुरुषको जुलाई २२ बाट सन्चालनमा आउने छ ।

जस अनुरुप प्रतियोगिताको उद्घाटन खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध
ओभल इन्भीनसिभल्सले म्यान्चेस्टर ओरजिनलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको महिला र पुरुषको फाइनल खेल अगस्ट २१ मा हुनेछ । जुन लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।

यो प्रतियोगिताको पहिलो संस्करण अघिल्लो वर्ष जुलाईमा आयोजना हुने भनिएको भएतापनि कोभिड-१९ का कारण प्रतियोगिता स्थगित हुन् पुगेको थियो ।

त्यसबेला सन्दीपलाई टिमले ड्राफ्टमार्फत एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख जतिमा टिममा अनुबन्धित गरेको थियो र त्यसपछि उनलाई टिमले निरंतरता दिने भन्दै रिटेन गरेसँगै उनि पहिलो संस्करणमा सहभागि हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्