onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामाथि घरेलु टोली न्युजिल्यान्डको सानदार जित

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टि-ट्वान्टी खेलमा घरेलु टोली न्युजिल्यान्डले सानदार जित हासिल गरेको छ । सोमबार पाँच खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले सानदार जित हासिल गर्ने क्रममा अष्ट्रेलियालाई ५३ रनले पराजित गर्यो ।

खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्यलाई पछ्याएको अष्ट्रेलिया १७.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३१ रनमा सिमीत भएपछि न्युजिल्यान्डलाई फराकिलो अन्तरले जित आत्मसाथ गर्न प्रयाप्त बन्यो ।

विशाल लक्ष्यलाई पछ्याएको भएपनि उसका लागि मध्य क्रमका ब्याट्सम्यान मिशेल मार्शले ४५ रन तथा एस्टन अगरले २३ र विकेट किपर तथा ओपनर ब्याट्सम्यान म्याथ्यू वेडले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङतर्फ न्युजिल्यान्डका लागि ईश सोधीले सर्वाधिक ४ विकेट हात पारे । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले २८ रन खर्चिएर उक्त विकेट हात पारे । यस्तै टिम साउथी र ट्रेंट बोल्टले २-२ विकेट लिदा काइल जेमिसन र मिशेल सन्तनरले पनि १-१ विकेट लिएका थिए ।

त्यसअघि हेगले ओवलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि मध्य क्रममा ब्याट्सम्यान डेभन कोन्वेले ९९ रनको योगदान गरे । अविजित रहेका उनले उक्त सानदार पारी खेल्ने क्रममा ५९ बलमा १० चौका र ३ छ्क्का प्रहार गरेका थिए ।

यस्तै टिमका लागि ग्लेन फिलिप्सले ३० तथा ग्लेन फिलिप्सले ३० रन,जेम्स नीशमले २६ रन र कप्तान केन विलियमसनले १२ रन थपेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका झाए रिचर्डसन र डेनियल शाम्सले २-२ विकेट लिदा मार्कस स्टोइनिसले १ विकेट हात पारे ।अब यी दुईबीचको दोस्रो खेल बिहिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्