onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलिया र न्युजिल्यान्डबीचको पहिलो खेल आज

एजेन्सी । घरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको पाँच टि – ट्वान्टी सिरिजको पहिलो खेल आज हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो पौने १२ बजेपछि हेगले ओवलमा सुरु हुने खेलमा घरेलु टोली न्युजिल्यान्ड जितको खोजिमा रहने छ । घरेलु मैदानको पूर्ण साथमा रहने न्युजिल्यान्ड उच्च मनोबलमा समेत रहेको छ ।

केन विलियमसनको नेतृत्वमा रहेको न्युजिल्यान्डमा अनुभवी र युवा खेलाडीको मिश्रण रहेको हुँदा न्युजिल्यान्ड सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । यस्तै पाहुना टोली अष्ट्रेलिया पनि घरेलु टोली न्युजिल्यान्डलाई हराउने रणनीतिका साथ मैदानमा उत्रिने छ । टिमलाई नियाल्दा तुलनात्मक रुपमा यो खेल निकै प्रतिस्पर्धात्मक बन्ने आकलन गर्न सकिन्छ ।

यस खेलपछि यी दुईबीचको दोस्रो खेल मंगलबार , तेस्रो खेल बुधबार , चौथों खेल शुक्रबार र पाँचौ तथा अन्तिम खेल आईतबार हुनेछ ।

न्युजिल्यान्ड टिम : केन विलियमसन (कप्तान),टिम सेफर्ट (विकेटकिपर ),मार्टिन गुप्टिल,डेभन कोन्वे,ग्लेन फिलिप्स, जेम्स नीशम,मिशेल सन्तनर,काइल जेमिसन,टिम साउथी, हमीश बेनेट,ट्रेंट बोल्ट,ईश सोधी र मार्क चैपम्यान

अष्ट्रेलियन टोली :आरोन फिन्च (कप्तान),म्याथ्यू वेड (विकेटकिपर),जोश फिलिप,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस, एस्टन टर्नर, एस्टन आगर, झाए रिचर्डसन,केन रिचर्डसन, एडम जम्पा, जेसन बेरेन्डोर्फ, मिशेल मार्श,बेन म्याकडर्मोट, एन्ड्र्यू टा, डी अर्सी छोटो, रिले मेरिडिथ,डेनियल शिम र तनवीर सांगा

प्रतिक्रिया दिनुहोस्