onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यसपटक आईपीएल दुई ठाउँमा मात्र हुन् सक्ने

एजेन्सी । विश्वको सर्वाधिक ठूलो तथा लोकप्रिय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका खेलहरु भारतका दुई शहरमा मात्र हुन् सक्ने सम्भावना बढेर गएको छ ।

भारतीय सन्चारमाध्यमका रिपोर्ट अनुसार मुख्यत: यसपटकको आईपीएल मुम्बईमा हुनेछ।जहाँ चार रंगशालामा लिग चरणका खेलहरु हुनेछन् ।

त्यसपछि प्ले अफ र फाइनल खेल अहमदाबादस्थित विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला सरदार पटेल रंगशालामा आयोजना हुने सम्भावना रहेको छ ।

यहि मैदानमा अहिले भारत र इंग्ल्यान्डबीच बाँकी रहेको दुई टेष्ट र पाँच खेलको टि – ट्वान्टी सिरिज हुँदैछ । कोभिड-१९ का कारण यसपटक आईपीएलका खेल निश्चित ठाउँमा मात्र हुन् गईरहेको हो। अप्रिलको मध्य तिर आयोजना गर्ने तयारी रहेको आईपीएल यसअघि होम एन्ड अवेको ढाँचामा हुँदै आएको थियो ।

तर कोभिडको कारण आयोजक निश्चित ठाउँमै केन्द्रित रहनु पर्ने बाध्यता सिर्जित भएको हो। यसअघि अघिल्लो संस्करण भारतमा कोभिडको बढ्दो प्रभावका कारण युएईमा भएको थियो ।

यस संस्करणको आईपीएलको बारेमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले अहिले सम्म थप जानकारी भने गराएको छैन । तर तयारीमा भने तीब्र गतिमा अघि बढिसकेको उल्लेख गरेको छ । त्यसै क्रममा केही दिनअघि मात्र खेलाडी छ्नोट प्रक्रिया अन्तर्गतको अक्सन चेन्नईमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्