onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आरोन फिन्च आईपीएलमा छ्नोट नभएको अझै विश्वास लागिरहेको छैन : माईकल क्लार्क

एजेन्सी । अष्ट्रेलियन अनुभवी ब्याट्सम्यान आरोन फिन्च १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा छानिएनन् । उनि अनसोल्ड भएपछि अहिले क्रिकेट क्षेत्रमा यस बारेमा व्यापक चर्चा-परिचर्चा भईरहेको पाईन्छ ।

यसबीचमा अनेकौंका अनेक भनाई आईरहेका छन् । त्यस मध्यमा अष्ट्रेलियन पूर्व कप्तान समेत रहेका माइकल क्लार्कले फिन्च छ्नोट नहुँदा ठूलो प्रतिक्रिया दिएका छन् ।

स्काई स्पोर्ट्सको एक कार्यक्रममा उनले आईपीएल अक्सनलाई लिएर आफ्नो कुराहरु राखेका थिए । जसमा उनले आरोन फिन्च बिक्री हुन् नसक्नुमा आश्चर्य मानेका छन् ।

उनि भन्छन् मलाई अझै पनि विश्वास भईरहेको छैन । उनि हाम्रा कप्तान हुन् । यस्तोमा हाम्रा चयनकर्ता गलत छन् या आईपीएल फेन्चाइज टोलीका छ्नोटकर्ता । अष्ट्रेलिया टिमको कप्तान बिक्री नहुनु यहाँ केहि गलत त पक्कै भएको छ।

फिन्च अहिले भारतमा यहि वर्ष हुने टि-ट्वान्टी विश्वकपको तयारीमा जुटिसकेका छन् । जसमा उनलेनै टोलीको नेतृत्व गर्ने सम्भावना प्रबल रहेको छ । अघिल्लो संस्करणमा विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरबाट खेलका उनले टिमका लागि त्यति संतोषजनक प्रदर्शन गर्न सकेका थिएनन् ।

त्यसको आधारमा बेंगलोरले उनलाई अक्सनका लागि बाटो खोलिदिएको थियो ।उनले आईपीएलमा १२ खेलबाट मात्र १ अर्धशतकसहित २ सय ६८ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्