onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

न्युजिल्यान्डविरुद्धको सिरिजका लागि बंगलादेशको टिम घोषणा

एजेन्सी । न्युजिल्यान्ड र बंगलादेशबीच हुने तीन खेलको एकदिवसीय सिरिज र तीन खेलकै टि-ट्वान्टी सिरिजका लागि पाहुना टोली बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

बंगलादेश क्रिकेट बोर्डले घोषणा गरेको २० सदस्यीय टोलीमा नसुम अहमदले पहिलो पटक टिममा स्थान बनाउन सफल भएका छन् ।

यस्तै टोलीमा मोसाददेक हुसेन,मोहम्मद नईम र अल अमीन हुसेन टोलीमा फर्किएका छन् । यता स्टार क्रिकेटर शाकिब अल हसन यस सिरिजका लागि उपलब्ध हुने छैनन् । उनि तेस्रो सन्तानको पिता बन्दै गर्दा त्यसका लागि उनले केहि दिनअघि मात्र बंगलादेश क्रिकेट बोर्डसँग अनुमति मागेका थिए । जसमा बोर्डले उनको अनुमतिलाई सदर समेत गरेको छ ।

सिरिज अन्तर्गत मार्च २० तारिख देखि तीन एकदिवसीय सिरिज हुनेछ । एकदिवसीय सिरिजपछि यी दुईबीच तीन खेलको टि- ट्वान्टी सिरिज हुनेछ । जो २६ मार्चबाट सुरु हुनेछ ।

बंगलादेश टोली : तमीम इकबाल,मोसाददेक हुसेन,नजमुल हुसेन शान्तो,मुशफिकुर रहीम,मोहम्मद मिथुन,लिटन दास, महमूदुल्लाह,अफिफ हुसेन,सौम्या सरकार,मोहम्मद नैम, तस्किन अहमद,अल-अमीन हुसेन,शोरिफुल इस्लाम,हसन महमूद,मोहम्मद सैफुद्दीन,मुस्तफिजुर रहमान,मेहिदी हसन, रुबेल हुसेन,महेदी हसन र नसुम अहमद

प्रतिक्रिया दिनुहोस्