onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राहुल,इशान र सुर्य कुमार यादव पहिलो पटक भारतीय टोलीमा

एजेन्सी । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले पाहुना टोली इंग्ल्यान्डविरुद्धको पाँच टि- ट्वान्टी सिरिजका लागि शनिबार आफ्नो टोलीको घोषणा गर्यो । जसमा उप कप्तान रोहित शर्मा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्त तथा तीब्र गतिका बलर भुवनेश्वर कुमार , अक्षर पटेल टिममा फर्किदा तीन नयाँ खेलाडी पहिलो पटक भारतीय टोलीमा समावेश हुन् सफल भएका छन् ।

जसमा विकेटकिपर ब्याट्सम्यान इशान किशन,राहुल तेवटिया र सुर्य कुमार यादव रहेका छन् । युएईमा भएको १३ औं संस्करणमा राम्रो प्रदर्शन गरेका यी खेलाडीलाई यस अघिको अष्ट्रेलिया भ्रमणमा सामेल गर्न सक्ने आकलन गरिएको भएपनि टोलीमा समावेश गरिएको थिएन् ।

तर घरेलु भूमिमा हुन् लागेको पाँच टि-ट्वान्टी सिरिजमा उनिहरुलाई मौका दिईएको छ । आईपीएलमा यी तिनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राजस्थान रोयल्सबाट खेलेका राहुलको १३ औं संस्करणको आईपीएल खास रहयो । निकै फलदायक सावित हुने क्रममा विषेशगरी उनले पन्जावविरुद्ध खेलेको अर्धशतकीय पारीले उनलाई ठूलो चर्चा समेत दिलाएको थियो।

उनले राजस्थानको नवौं खेलमा पन्जावविरुद्ध शेल्डन कटरेलको एकै ओभरमा ५ छ्क्का प्रहार गरेका थिए । शारजाहमा भएको उक्त खेलमा पन्जावले दिएको २ सय २४ रनको लक्ष्यलाई राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्ने क्रममा चौथों नम्बरमा ब्याटिङ गर्न आएका राहुलले १८ औं ओभरमा उक्त अदभुत प्रदर्शन गर्दा गुमिसकेको खेल राजस्थानले ४ विकेटले जित्न सफल भएको थियो।

जसमा उनले मात्र ३१ बलको सामना गर्दै ७ छ्क्काको सहयोगमा ५३ रन बनाएका थिए । र अहिले उक्त पारीनै उनको क्रिकेटिङ यात्राको ट्रनिङ पोईन्ट पनि बन्न पुग्यो । लेग स्पिनरबाट उनलाई अलराउन्डर भूमिका दियो । त्यसको परिणाम उनले प्रतियोगितामा राम्रो छाप छोड्न समेत सफल भए । फलस्वरुप उनले प्रतियोगिता भर २ सय ५५ रन बनाए भने १० विकेट लिएका थिए । जुन उनको राष्ट्रिय टोलीको प्रवेशको एक बलियो आधार बन्यो ।

यस्तै आईपीएलको पाँच पटकको विजेता मुम्बई इन्डियन्सबाटका महत्त्वपूर्ण सदस्य सुर्यकुमार यादवका लागि पनि यस संस्करणको आईपीएल पनि खास रहयो । टिम च्याम्पियन हुने क्रममा उनले टिमका लागि महत्त्वपूर्ण योगदान पनि दिएका थिए । उनि प्रतियोगिता भर सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा सातौं नम्बरमा रहेका थिए । उनले प्रतियोगिता भर ४ सय ८० रन बनाएका थिए ।

यस्तै मुम्बई इन्डियन्सबाटै खेलेका इशान किशन पनि भारतीय टोलीमा पहिलो पटक समावेश रहेका छन् । २२ वर्षिय युवा विकेट किपर ब्याट्सम्यान इशानले पनि यस संस्करणको आईपीएलमा राम्रो प्रदर्शन गरेका थिए । प्रतियोगितामा कुल ५ सय १६ रन बनाएका उनि प्रतियोगितामा सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा पाँचौ नम्बरमा रहेका थिए । यस क्रममा उनले अन्य घरेलु प्रतियोगितामा पनि राम्रो गर्दै आएका छन् । शनिबार मात्रै विजय हजारे ट्रफीमा झारखंडका कप्तान समेत रहेका उनले मध्यप्रदेशविरुद्ध ९४ बलमा १ सय ७३ रन बनाएका थिए । जसमा १९ चौका र ११ छ्क्का सामेत रहेको थियो । जस अन्तर्गत झारखंडले ५० ओभरमा ४ सय २२ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङ गरेको मध्य प्रदेश ९८ रनमा अलआउट हुँदा खेल झारखंडले ३ सय २४ रनले जितेको थियो ।

भारत भ्रमणमा रहेको इंग्ल्यान्ड र भारतबीच अहिले ४ खेलको टेष्ट सिरिज चल्दैछ । जसमा भारत र इंग्ल्यान्डले १-१ खेल जितेका छन् । यस्तै सिरिजको तेस्रो खेल बुधबारबाट हुनेछ ।

टेष्टपछि मार्च १२ तारिखदेखि यी दुईबीच पाँच खेलको टि-ट्वान्टी सिरिजको सुरुवात हुनेछ । टि-ट्वान्टीपछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ ।

भारतीय टिम : विराट कोहली (कप्तान),रोहित शर्मा (उप-कप्तान),लोकेश राहुल,शिखर धवन,श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पान्डेया,राहुल तेवटिया,ऋषभ पन्त (विकेटकीपर),इशान किशन (विकेटकीपर) ,युजवेंद्र चहल, वरुण चक्रवर्ती,अक्षर पटेल,वासिङटन सुन्दर,टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर,शार्दुल ठाकुर र नवदीप सैनी ।

प्रतिक्रिया दिनुहोस्