onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिजका लागि भारतीय टोलीको घोषणा : रोहित टोलीमा फर्किए

एजेन्सी । इंग्ल्यान्डविरुद्धको पाँच खेलको टि – ट्वान्टी सिरिजका लागि घरेलु टोली भारतले आफ्नो टोलीको घोषणा गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले शनिबार घोषणा गरेको १९ सदस्यीय टोलीमा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तलाई समेट्दै टोलीको घोषणा गरिएको छ । यसअघि अष्ट्रेलिया भ्रमणमा उनलाई लिमिटेड ओभरमा मौका दिईएको थिएन ।

यस्तै रोहित शर्मा पनि टि – ट्वान्टीमा फर्किएका छन् । आईपीएलका दौरान चोटिल हुन् पुग्दा उनि लिमिटेड ओभरको खेलबाट बाहिर रहेका थिए । यस्तै आईपीएलमा राम्रो प्रदर्शन गरेका राहुल तेवटिया र सुर्य कुमार यादव पनि टिममा रहेका छन् ।

यता भारत भ्रमणमा रहेको इंग्ल्यान्ड र भारतबीच अहिले चार खेलको टेष्ट सिरिज चल्दैछ । जस अनुसार दुई खेल सकिसकेका पनि छन् । जसमा भारत र इंग्ल्यान्डले १-१ खेल जितेका छन् । यस्तै सिरिजको तेस्रो खेल बुधबारबाट हुनेछ ।

त्यसपछि मात्र यी दुईबीच पाँच खेलको टि – ट्वान्टी सुरु हुनेछ । जसको सुरुवात मार्च १२ बाट हुनेछ । त्यसपछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज हुने पनि खेल तालिका रहेको छ ।

भारतीय टोली : विराट कोहली (कप्तान),रोहित शर्मा (उपकप्तान),लोकेश राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पान्डेया , ऋषभ पन्त (विकेटकीपर), इशान किशन (विकेटकीपर) ,युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वॉशिंगटन सुंदर, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दुल ठाकुर।

प्रतिक्रिया दिनुहोस्