onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट र एबी डि भिलियर्स रहेको टिमबाट खेल्न पाउँदा धेरै उत्साहित छु : ग्लेन म्याक्सवेल

एजेन्सी । अष्ट्रेलियन आक्रमक ब्याटिङ ग्लेन म्याक्सवेल १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै छन् ।

यसअघि पन्जाव किंग्सबाट आईपीएल खेलेका उनलाई बेंगलोरले बिहिबार चेन्नईमा भएको अक्सनमार्फत टिममा भित्राएको छ । जस अनुसार उनको बोली १४ करोड २५ लाख भारतीय रुपिए लागेको थियो ।

आईपीएल अक्सनमा ठूलो बोली लागेपछि उनले सबैलाई धन्यवाद दिएका छन् । बेंगलोरले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले उक्त कुरा उल्लेख गरेका छन् ।

यस्तै नयाँ सिजन र नयाँ टिमबाट खेल्न पाउँदा आफू धेरै उत्साहित समेत रहेको बताएका छन् । युएईमा भएको अघिल्लो आईपीएलमा म्याक्सवेलले टिमले सोचे अनुरुप प्रदर्शन गर्न सकेका थिएनन् । त्यसै कारण उनलाई टिमले रिलिज गरेको थियो ।

रिलिज गर्न साथ म्याक्सवेल प्रति बेंगलोरको नजर रहेको थियो । म्याक्सवेल यस्ता खेलाडी हुन् जसले खेललाई एक्लै जिताउन सक्ने क्षमता राख्छ्न । उनको आक्रमक शैली आफैमा लोभलाग्दो समेत रहेको छ ।

म्याक्सवेलको आगमनसँगै यसपटक बेंगलोरको ब्याटिङ लाइनअफ अझ बलियो बनेको छ । टोलीमा विराट कोहली र एबी डि भिलियर्स जस्ता खेलाडीहरु पनि रहेका छन् ।

यता विश्वलाई आफ्नो ब्याटिङ कौसलबाट मोहित बनाएका म्याक्सवेलले अहिलेसम्म आईपीएलमा ८२ खेल खेल्दै १५ सय ५ रन बनाईसक्दा १९ विकेट पनि लिएका छन् । उनको आईपीएल यात्रा सन् २०१२ बाट सुरु भएको थियो । उनलाई त्यसबेला दिल्लीले अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्