एसिया कप खेल्ने सुबर्ण अबसर नेपाल ले गुमायो : नेपाल हङकङ सगँ पनी पराजित
भदौ १९ , अनलाईन खेलखबर || एसिया कप छ्नोट क्रीकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेल मा आज हङकङ सामु ३ बिकेट ले पराजित हुन पुगे पछि नेपाल ले आसन्न युएई मा हुने एसिया कप खेल्ने सुबर्ण अबसर लाई खेर फालेको छ ।
सुरुवाती दुई खेल मा ओमान र युएई सगँ पराजित भएको नेपाल ले आफ्नो तेस्रो र चौथो खेल मा भने आयोजक मलेसिया र सिगापुर माथी जित निकालेको थियो । प्रतियोगिता को फाईनल पुग्ने झिनो गणितिय समीकरण सम्भावना हुँदा हुदै आफ्नो अन्तिम खेल मा हङकङ सगँ पराजित हुदाँ नेपाल ले पहिलो पटक भारत र पाकिस्तान जस्ता टिम सगँ खेल्ने राम्रो अबसर बाट टाढा हुनपुग्यो ।
प्रतियोगिता को फाईनल पुग्न का लागि नेपाल को सम्भावना यसअघि नै कमजोर बनिसकेको थियो , हङकङ विरुद्ध नेपाल ले ठूलो अन्तर मा बिजयी हासिल गर्नु पर्ने र आज नै भएको ओमान र युएई बिचको खेल ले पनि नेपाल लाई सोही तह मा साथ दिएको भए मात्र नेपाल ले फाईनल सम्म को यात्रा तय गर्थ्यो तर त्यो हुन सकेन ।
प्रतियोगिता भरी नै नेपाल ले निकै नै कमजोर प्रंदशन जारी राख्यो , एकदिवसिय मान्यता पाएको छोटो समयमै नेपाल को प्रंदशन सुधार भन्दा पनि खस्कदो देखियो जसले नेपाली क्रीकेट का लागि सोच्ने बाध्य बनाएको छ । एकदिवसीय को दम्भ प्रस्टै देखियो तर परिणाम त्यस्तो देखिएन , हामी लाई थाहा भएकै हो मेहनत र तयारी कम पक्कै भएको हो , जसले धेरै मेहनत र तयारी गरेका थिए उनिहरुको प्रंदशन सोही अनुसार भएको छ ।
नेपाली क्रीकेट टोलि ले यस प्रतियोगिता बाट आफ्ना कमि कमजोरि माथी अब सुधार गर्नु जरुरी छ , जुनसुकै प्रतियोगिता भए पनि राम्रो तयारी गर्न जरुरी छ , नत्र यस्तो गरिएन भने जस्तो सुकै स्टाटस भए पनि त्यसले महत्त्व राख्दैन भन्ने पाठ पक्कै सिक्न जरुरी छ ।
मलेसिया को क्वालालम्पुर स्थित यूकेएम ओभलमा मा आज भएको खेल मा नेपाल ले पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको नेपाल हङकङ का बलर सामु पुरै निरीह हुदै ३७.५ ओभरमा मात्र ९५ रन बनाएर अलआउट हुनपुग्यो ।
प्रतियोगिता भरी कै निकै नै खराब ब्याटिङ गरेको नेपाल ले पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै गुमाएको थियो ।
तेस्रो नम्बरमा कप्तान पारस स्वयम आफैं ब्याटिङ गर्न आएका थिए तर उनी पनि असफल हुन पुगे टिमको स्कोर २३ पुग्दा ब्यक्तिगत १४ रन मा आउट हुन पुगे । यसपछि नेपाल ले क्रमश आफ्नो बिकेट गुमाउने सिलसिला कायम राख्यो अनिल शाह १५ रन , ज्ञानेन्द्र मल्ल १२ रन र आरिफ शेख ले १८ रन बनाउनु बाहेक अन्य ले कुनै उल्लेख्य योगदान दिन नसक्दा टिम कम स्कोर मा रोकिएको थियो ।
नेपाललाई कम स्कोर मा रोक्न हङकङ का इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २–२ विकेट लिए ।
यसपछि सामन्य ९६ रनको बिजयि लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको हङकङ ले पनि ब्याटिङ उत्साहजनक जनक भने गर्न सकेन सानो लक्ष्य पूरा गर्न पनि ठूलो मेहनत गर्न पर्यो । ३२.३ ओवर मा ७ बिकेट गुमाएर हङकङ ले लक्ष्य पूरा गर्यो ।
हङकङ लाई जिताउन कप्तान अन्सुमन राथ ले अर्धसतकिय पारी ५२ रन बनाएका थिए ।
लक्ष्य निकै भएको हुदाँ आज नेपाली बलर को प्रंद्शन ले न्याय त पाएन तर प्रतियोगिता कै सबैभन्दा राम्रो लय मा आज नेपाली बलर हरु ले प्रंदशन गरे । जसमा सन्दिप लामिछाने ले आफ्नो जादु पनि देखाए उनले ५ बिकेट लिन सफल भए । यस्तै वसन्त र सागर ले १/१ बिकेट हात पारे ।
यो जित सगै हङकङ ले प्रतियोगिता को फाईनल यात्रा नजिक पुगेको छ । अब हङकङ फाइनल पुग्ने निर्धारण अहिले नै जारी ओमान र युएई बिचको खेल ले गर्नेछ । भने प्रतियोगिता को फाईनल बिहिवार हुनेछ । प्रतियोगिता को बिजेता ले आसन्न युएई मा हुने एसिया कप का लागि छ्नोट हुनेछ जहाँ भारत र पाकिस्तान जस्ता बलिया टिम सगँ प्रतिस्पर्धा गर्नेछ ।