onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टेष्टका राजा आईपीएलमा

एजेन्सी । चेतेश्वर पुजारा नाम सुन्ने बित्तिकै तपाईंलाई के कुरा झट्ट याद आउँछ । त्यहीँ होइन् सेतो जर्सी लामो पारी । पक्कै पनि उनै टेष्टका राजा उपमा पाएका चेतेश्वर पुजारा सात वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल ) मा फर्किएका छन् ।

उनलाई बिहिबार चेन्नईमा भएको अक्सनमार्फत महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किंग्सले ५० लाख भारतीय रुपिएमा टिममा भित्राएको छ । उनले अक्सनका लागि मात्र ५० लाखनै न्युनतम मूल्य राखेका थिए ।

जब उनलाई चेन्नईले बोली लगाएर फाइनल भयो । तब अक्सनमा रहेका सम्पूर्णको प्रतिक्रिया हेर्न लायक रहेको थियो । अक्सनमा उपस्थिति सबैले उनको बोलिलाई ताली बजाएर स्वागत गरेका थिए ।

यसले पनि दर्साउन्छ । उनको लोकप्रियता । जसरी उनलाई चेन्नईले अक्सनमार्फत टिममा भित्राएको छ । त्यसपछि अहिले पुजाराको चर्चा पनि उत्तिकै रहेको छ । लिमिटेड ओभरमा त्यति पोख्त नमानिने उनि छानिनु आफैमा ठूलो कुरा हो । त्यसमा चेन्नईले पुजारामाथि विश्वास गरेको छ ।

यति भनि रहदा लिमिटेड ओभरमा के पुजारा खेल्न सक्दैनन् । यो भनिरहदा त्यती न्यायोचित हुँदैन । पक्कै सक्छन् । जुन उनको घरेलु प्रतियोगितामा पनि देखिन्छ । यत्ती हो उनि लिमिटेड ओभर भन्दा लामो ढाँचाको क्रिकेटमा बढी केन्द्रित रहे । र त्यसको परिणाम उनले आफ्नो टिमलाई दिदै पनि आएका छन् ।

टेष्टमा उनि टिमका लागि एउटा बलियो पिल्लरको रुपमा अहिले पनि उभिदै आएका छन् । त्यो आफैमा अदभूतनै रहेको छ । यता आईपीएलको हकमा पुजाराले अहिलेसम्म ३० खेल खेलेका छन् । जसमा उनले ३ सय ९० रन बनाएका छन् । जसअन्तर्गत उनको अहिलेसम्मको सर्वाधिक ठूलो स्कोर ५१ रन रहेको छ ।

३३ वर्षीय पुजाराले आईपीएलमा सन् २०१० मै डेब्यु गरेका थिए । त्यसबेला उनि कोलकताबाट खेल्ने गर्थे र यसअघि उनले सन् २०१४ मा पन्जावबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्