onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यत्रो रकममा बिक्री हुन्छु भनेर सोचेको थिएन : शाहरुख खान

एजेन्सी।चेन्नईमा बिहिबार आईपीएल अक्सन सम्पन्न भयो । जहाँ केही चर्चित खेलाडीलाई सोचेको भन्दा कम बोली लाग्यो । कसैलाई धेरै र केहि यस्ता विश्व चर्चित खेलाडी पनि रहे जसलाई कुनै टिमले बोलि लगाउन रुचि समेत देखाएन् ।

यसबीचमा तलिल नाडुका दायाँ हाते अलराउन्डर शाहरुख खानलाई निकै ठूलो रुचि फेन्चाइज टोलीले देखाए । त्यसको फलस्वरुप मात्र २० लाख भारु न्युनतम मूल्य रहेको उनलाई पन्जावले ५ करोड २५ लाख खर्चिएर टिममा भित्राएको छ । उनलाई भित्राउन कोलकता र दिल्ली समेत दौडमा रहेका थिए । तर यहाँ अभिनेत्री प्रिती जिन्टा मालिक रहेको पन्जावले अन्ततः टिममा भित्राउन सफल भयो ।

उनि प्रती यसरी बोली लाग्नुमा उनको घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन हुनुनै हो । केही समय अगाडि उनको टिम तमिल नाडुले सय्यद मुश्ताक अली ट्रफीको उपाधि उचाल्दै गर्दा उनि टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।

आईपीएल अक्सनमा अनपेक्षित रुपमा ठूलो बोलि लागेपछि शाहरुख खानलाई अझ खुशी बनाएको छ । भारतीय चर्चित सन्चारमाध्यम दैनिक भास्करसँग कुरा गर्दै उनले यस्तो खुशी व्यक्त गरेका छन् ।

जहाँ उनले भनेका छन् मैले सय्यद मुश्ताक अली ट्रफीमा राम्रो खेलेको थिए । तसर्थ मलाई यसपटक कुनै टिमले लिन्छ भन्ने त लागेको थियो । अघिल्लोमा पनि म अक्सनको फाइनल सूचीमा रहेको थिए । त्यसबेला छ्नोट हुन् सकेन् । यसपटक केही टिमले ट्र्यालको लागि बोलाएका थिए । त्यहाँ पनि राम्रो भएको हुँदा यसपटक छानिनेमा ढुक्क जस्तै थिए ।

तर यति ठूलो रकम सोचेको थिएन् । मलाई ५० लाखसम्म आशा थियो । यता उनको नामले गर्दा पनि उनको अहिले अझ चर्चा भईरहेको छ । यस्तोमा उनले आफ्नो नाम मामाले राखिदिएको बताएका छन् । उनका मामा लेजेन्डरी अभिनेता शाहरुख खानका ठूला फ्यान रहेछन् । त्यसकारण उनको नाम मामाले शाहरुख खान राखिदिएका रहेछन् ।

२५ वर्षिय युवा खेलाडी शाहरुखले घरेलु क्रिकेटमा तमिल ताडुबाट उमेर समूह हुँदै सिनियर टिमको यात्रा गर्दै विभिन्न घरेलु प्रतियोगिता खेल्दै अहिले आईपीएलमा आबद्ध भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्