onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यि हुन् आईपीएल अक्सनमार्फत बिक्री भएका सम्पूर्ण खेलाडीहरु

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) का लागि खेलाडी छ्नोट प्रक्रिया अन्तर्गतको अक्सन बिहिबार समापन भएको छ ।

चेन्नईमा भएको अक्सनमा १ सय २५ विदेशी खेलाडीसहित कुल २ सय ९२ खेलाडीको बोली लागेको थियो । जस अनुसार दक्षिण अफ्रिकाका बलिङ अलराउन्डर क्रिस मोरिस आईपीएलको सर्वाधिक महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले सवा १६ करोड भारु खर्चिएसँगै उनि अहिलेसम्मकै सर्वाधिक महँगा खेलाडी बनेका हुन् । यसअघि यो कीर्तिमान युवराज सिंहको नाममा रहेको थियो । सन् २०१५ मा युवराजलाई दिल्लीले १६ करोड खर्चिएर टिममा भित्राएको थियो ।

यस्तै अक्सनमा अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई ठूलो बोली लाग्दा भारतिय खेलाडी शाहरुख खानलाई पनि अनपेक्षित रुपमा बोलि लाग्दा अर्जुन तेन्दुलकर पहिलोपटक आईपीएलमा छ्नोट भए । जुन सुखद रहयो । उनलाई आईपीएलको सर्वाधिक सफल टिम मुम्बईले २० लाख भारुमा टिममा भित्रायो । यी यस्तै सुखद रहिरह्दा अक्सनमा इंग्ल्यान्डका ओपनर जेसन रोय, एलेक्स हेल्स र अष्ट्रेलियाका आरोन फिन्च जस्ता चर्चित खेलाडीलाई कसैले रुचि देखाएनन् । यस्तै नेपालका युवा खेलाडी सन्दीप लामिछाने पनि अनसोल्ड रहे ।

अक्सनमार्फत बिक्री भएका सम्पूर्ण खेलाडीको नामवलि रकमसहित

मुम्बई इन्डियन्स : नाथन कुल्टर नाइल (५ करोड), एडम मिल्ने (३ करोड २ लाख), पियुष चवला (२ करोड ४ लाख), जेम्स निसम (५० लाख), युधवीर चरक (२० लाख), मार्को जेनसन (२० लाख) र अर्जुन तेन्दुलकुर (२० लाख)

चेन्नई सुपर किंग्स : कृष्णप्पा गौवथम (९ करोड २५ लाख ) मोइन अली (७ करोड) चेतेश्वर पुजारा (५० लाख), भगर्थ बर्मा (२० लाख), हरि निसान्थ (२० लाख) र एम हरिशंकर रेड्डी (२० लाख)

दिल्ली क्यापिटल्स : टम करन ( ५ करोड २५ लाख ) स्टिभ स्मिथ (२ करोड २० लाख) साम विलिंग्स (२ करोड), उमेश यादव (१ करोड), रिपल पटेल, विष्णु विनोद, लुकमान मेरिवाल र एम सिद्धार्थ (समान २० लाख)

कोलकाता नाइट राइडर्स : सकिब अल हसन (३.२ करोड), शेल्डन ज्याकसन (२० लाख), विभव आरोन (२० लाख), करुण नायर (५० लाख), हरभजन सिंह (२ करोड), बेन कटिङ (७५ लाख), वेन्केश ऐर (२० लाख) र पवन नेगी (५० लाख)

पन्जाब किंग्स : झेय रिचर्डसन (१४ करोड), राइली मेरेडीथ (८ करोड), शाहरुख खान( ५ करोड २५ लाख), मोइजेस हेनरिक्स (४.२ करोड) डेविड मलान (१ करोड ५० लाख , जलाज सक्सेना (३० लाख ) उत्कर्ष सिंह (२० लाख), फबेन एलिएन (७५ लाख) र सौरभ कुमार (२० लाख)

राजस्थान रोयल्स : क्रिस मोरिस (१६ करोड २५ लाख), शिवम दुबे (४ करोड ४० लाख), चेतन सकरिया (१ करोड २ लाख), मुस्ताफिजुर रहमान (१ करोड), केसी चरिप्पा (२० लाख), लियाम लिभिङस्टोन (७५ लाख), कुलदीप यादव (२० लाख) र आकाश सिंह (२० लाख)

रोयल च्यालेन्जर्स बेंगलोर : काइल जामिसन (१५ करोड), ग्लेन म्याक्सवेल (१४ करोड २५ लाख , डेन क्रिष्टियन (४ करोड ८० लाख) सचिन वेबी, राजत पतिदार, मोहम्मद अजहरुद्दिन, सिकर भारत र सुयस प्रधुदेसमई (समान २० लाख)
सनराइजर्स हैदराबाद : केदार जाधव (२ करोड), जे सुचित (३० लाख) र मुजिब उर रहमान (१.५ करोड)

प्रतिक्रिया दिनुहोस्