onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सचिनका छोरा अर्जुन तेन्दुलकर मुम्बईबाट आईपीएल खेल्ने

एजेन्सी । महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले आफ्नो टिममा अनुबन्धित गरेको छ ।

बिहिबार चेन्नईमा भएको अक्सनमार्फत अर्जुनलाई उनको न्युनतम मूल्य २० लाख भारतीय रुपिएमा टिममा भित्राएको छ ।

२१ वर्षिय दायाँ हाते बलिङ अलराउन्डर अर्जुनले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका थिए । त्यस कारण उनको यसपटक आईपीएलमा छ्नोट हुन् सक्ने आकलन गरिएको थियो । जुन अहिले पूरा भएको छ ।

उनको पिता सचिन पनि मुम्बईसँग आबद्ध रहेका छन् । यस्तै ५ पटकको च्याम्पियन मुम्बईले अक्सनमार्फत अर्जुनसँगै एडम मिल्नेलाई ३ करोड २० लाख , नाथन कूल्टर-नाइललाई ५ करोड ,पीयूष चावलालाई २ करोड ४० लाख , जेम्स नीशमलाई ५० लाख , युधिवीर चरकलाई २० लाख र मार्को जानसेनलाई २० लाख भारुमा टिममा भित्राएको छ ।

टिम मुम्बई : रोहित शर्मा (कप्तान), क्विन्टन डि कोक (विकेटकिपर), ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, क्रिस लिन, सौरभ तिवारी, अनमोलप्रीत सिंह, आदित्य तारे, किरोन पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या, राहुल चहर, जयंत यादव, अनुकुल रॉय,जसप्रीत बुमराह, ट्रेंट बोल्ट, धवल कुलकर्णी र मोहसिन खान

प्रतिक्रिया दिनुहोस्