onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुजीब र राशिद एउटै टिममा

एजेन्सी । अफगानिस्तानका प्रतिभावान युवा स्पिनर मुजीब उर रहमान सनराईजर्स हैदराबादबाट १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) खेल्ने भएका छन् ।

चेन्नईमा जारी अक्सनमार्फत उनलाई डेविड वार्नरको को नेतृत्वमा रहेको हैदराबादले १ करोड ५० लाख भारतीय रुपिए खर्चिएर टिममा भित्राएको छ । मुजीब पहिलो चरणमा अनसोल्ड भएका थिए । तर फाइनल चरणमा उनलाई हैदराबादले बोली लगाएको छ ।

यो सँगै हैदराबादमा अर्का अफगानिस्तानका स्टार खेलाडी राशिद खान र मुजीबको जोडी हेर्न पाईने भएको छ । यसका साथै अफगानिस्तानका अर्का खेलाडी मोहम्मद नबि पनि हैदराबादमै रहेका छन् ।

यसपटक हैदराबादबाट तीन अफगानिस्तान खेलाडीहरु खेल्ने पक्का भईसकेको छ । यसअघि मुजीबले कोलकता नाइट राईडर्सबाट अघिल्लो संस्करण खेलेका थिए ।

सन् २०१८ मा दिल्लीबाट खेल्दै आईपीएल यात्रा तय गरेका उनले अहिलेसम्म १८ खेलबाट १७ विकेट लिईसकेका छन् । यता २०१८ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका मुजीबले अहिलेसम्म अफगानिस्तानबाट एक टेष्ट , ४३ एकदिवसीय र १९ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जस अन्तर्गत उनले टि – ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्म २५ विकेट लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्