onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप अनसोल्ड

एजेन्सी । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् ।

चेन्नईमा भईरहेको अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले भित्राउने रुचि प्रकट गरेनन् । उनले अक्सनमा आफ्नो न्युनतम मूल्य ४० लाख भारतीय रुपिए राखेका थिए । तर अन्तिम समयमा कुनै टिमले आग्रह गरेमा सन्दीप अक्सनमा पुनः आउन भने सक्छन् । जुन कुरा अलिकति सम्भावना कमनै रहेको छ ।

सन् २०१८ मा सन्दीप यस्तै अक्सनबाट दिल्लीमा अनुबन्ध भएका थिए । उनलाई दिल्लीले अन्तिम समयमा बोली लगाएको थियो । त्यसपछि उनले सोही सिजनमा दिल्ली प्ले अफ समीकरणबाट बाहिरिएपछि अन्तिमका ३ खेल खेल्न समेत मौका पाएका थिए । उनले त्यस मौकामा सानदार प्रदर्शन गर्दा सन्दीपले त्यसपछि पछि फर्किएर हेर्नू परेको छैन । सोही प्रदर्शनको आधारमा उनले विश्वका अधिकाम्श लिगहरु खेल्ने मौका पाए । त्यसपछि उनले दोस्रो सिजनमा पनि दिल्लीबाट खेल्दा तेस्रो सिजनमा भने उनलाई दिल्लीले पूरै बेन्चमा राखेको थियो ।

२० लाख भारतीय रुपिएमा दिल्लीमा अनुबन्धित भएका उनले समग्रमा कुल ९ खेलबाट कुल १३ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्