onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रिती जिन्टाको टिमले बनायो शाहरुख खानलाई करोडपति

एजेन्सी । तमिल नाडुका दायाँ हाते ब्याट्सम्यान शाहरुख खानलाई पन्जाव किंग्सले आफ्नो टिममा भित्राएको छ ।

चेन्नईमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमार्फत पन्जावले उनलाई ५ करोड २५ लाख भारतीय रुपिए खर्चिएर टिममा भित्राएको छ ।

मात्र २० लाख भारतीय रुपिए न्युनतम मूल्य राखेका उनलाई टिममा भित्राउने दौडमा कोलकता र दिल्ली पनि जोडिएका थिए ।

तर अन्ततः अभिनेत्री प्रिती जिन्टा मालिक रहेको पन्जावले उनलाई अन्तिम बोली लगाउँदै टिममा भित्राएको छ ।

२५ वर्षिय युवा खेलाडी उनले घरेलु क्रिकेटमा तमिल ताडुबाट उमेर समूह हुँदै सिनियर टिमको यात्रा तय गरेका छन् । तलिम नाडुले यस सिजनको सय्यद मुश्ताक अली ट्रफीको च्याम्पियन बन्ने क्रममा शाहरुखले टिमका लागि राम्रो प्रदर्शन गरेका थिए ।

दिनेश कार्तिकको कप्तानीमा रहेको तमिल नाडुले फाइनल खेलमा बरोडालाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । खेलमा बरोडाले दिएको १ सय २१ रनको लक्ष्यलाई तमिल नाडुले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । जसमा शाहरुखले अविजित रहदै १८ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्