onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

झेय रिचर्डसन पहिलो पटक आईपीएलमा अनुबन्ध

एजेन्सी । अष्ट्रेलियन युवा तीब्र गतिका बलर झेय रिचर्डसन पहिलो पटक आईपीएलमा छ्नोट भएका छन् । १४ औं संस्करणको आईपीएलका लागि उनलाई पन्जाव किंग्सले १४ करोड खर्चिएर टिममा अनुबन्ध गरेको छ ।

उनलाई रोयल च्यालेन्जर्स बेंगलोरले पनि ईक्छा व्यक्त गरेपनी बाजि भने पन्जावले मार्यो । २४ वर्षिय रिचर्डसनको आगमन सँगै पन्जावको टिम सन्तुलन बनेको छ ।

उनलाई यसपटक ठूलो बोली लाग्ने यसअघि अनुमान गरिएको थियो । र सोही अनुरुप हुन् पुगेको छ । उनले यसपटकको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पर्थ स्कोचर्सबाट खेलेका उनि लिगको सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्षस्थानमा रहेका थिए ।

उनले विग ब्यासमा १७ खेलमा २९ विकेट लिएका थिए । उनले अक्सनका लागि आफ्नो न्यूनतम मूल्य १ करोड ५० लाख भारतीय रुपिए राखेका थिए ।

सन् २०१७ बाट अष्ट्रेलिया टोलीमा रहेका उनले हालसम्म अष्ट्रेलियाबाट २ टेष्ट , १३ एकदिवसीय र ९ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । जस अन्तर्गत उनले टि – ट्वान्टीमा ९ विकेट लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्