onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिस मोरिस बने आईपीएलका सर्वाधिक महँगा खेलाडी

एजेन्सी । दक्षिण अफ्रिकाका बलिङ अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

१४ औं संस्करणको लागि चेन्नईमा भएको अक्सनमार्फत क्रिस मोरिसलाई राजस्थान रोयल्सले सवा १६ करोड भारतीय रुपिएमा टिममा अनुबन्धित गरेको छ ।

यो सँगै क्रिस मोरिस आईपीएल इतिहासमा अक्सनबाट छ्नोट भएका खेलाडी मध्यमा सर्वाधिक महँगा खेलाडी बनेका छन् । यसअघि दिल्लीले सन् २०१५ मा युवराज सिंहलाई १६ करोडमा भित्राएको थियो ।

यता क्रिस मोरिस अघिल्लो संस्करणमा दिल्लीबाट खेलेका थिए । त्यसपछि उनलाई टिमले फुकुवा गरेको थियो । फुकुवा भएसँगै उनले अक्सनका लागि आफ्नो मूल्य न्युनतम ७५ लाख भारतीय रुपिए राखेका थिए ।

आईपीएलमा हालसम्म ७० खेल खेलेका उनले ५ सय ५१ रन बनाएका छन् । जसमा उनको हालसम्मको सर्वाधिक उच्च स्कोर ८२ रन रहेको छ । यस्तै उनले ८० विकेट पनि लिईसकेका छन् । राजस्थान रोयल्ससँग कीर्तिमानी रकमका साथ जोडिनु अघि उनले दिल्ली ,चेन्नई सुपर किंग्स,रोयल च्यालेन्जर्स बेंगलोर लगायतका टिमबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्