onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

म्याक्सवेल बेंगलोरमा ठूलो रकमका साथ अनुबन्धित

एजेन्सी । विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियन अनुभबी आक्रमक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई टिममा भित्राएको छ ।

बिहिबार चेन्नईमा भएको अक्सनमार्फत उनलाई बेंगलोरले १४ करोड २५ लाख भारतीय रुपिए खर्चिएर टिममा अनुबन्धित गरेको छ ।

आईपीएलमा पनि निकै राम्रो प्रदर्शन गर्दै आएका उनि अघिल्लो संस्करणमा पन्जावबाट खेलेका थिए । उनले अक्सनमा आफ्नो न्युनतम मूल्य २ करोड भारतीय रुपिए राखेका थिए ।

युएईमा भएको अघिल्लो संस्करणमा उनको त्यति सन्तोषजनक हुन् सकेको थिएन् । तर पनि जसरी म्याक्सवेल लयमा देखिएका छन् र टि- ट्वान्टी क्रिकेटमा उनि एक्लैले जतिबेला पनि खेललाई जिताउने सक्ने क्षमता राख्छन् । तदर्थ उनी आईपीएलमा सर्वाधिक रुचाईएका खेलाडी भित्र पर्ने गर्छन् ।

त्यसैले यसपटक पनि उनिलाई ठूलो बोलि लाग्ने आकलन गरिएको थियो । र सोही अनुरुप अहिले बेंगलोरले ठूलो रकमका साथ उनलाई टिमका भित्राएको छ ।

म्याक्सवेलले आईपीएलमा ठूलो समय बिताएका छन् । जस अनुसार उनले ८२ खेलबाट १५ सय ५ रन बनाईसकेका छन् । जसमा ९१ छ्क्का र १ सय १८ चौका सामेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्