onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्मिथ दिल्लीबाट आईपीएल खेल्ने

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

बिहिबार चेन्नईमा भएको अक्सनमार्फत उनलाई दिल्लीले २ करोड २० लाख भारतीय रुपिएमा टिमले अनुबन्ध गरेको छ ।
युएईमा भएको अघिल्लो संस्करणमा राजस्थान रोयल्सको कप्तानी समेत गरेका उनलाई टिमले फुकुवा गरेको थियो । त्यसपछि उनले अक्सनमा आफ्नो न्युनतम मुल्य २ करोड भारतिय रुपिए राखेका थिए ।
जसरी उनको पछिल्लो समय प्रदर्शन भईरहेको छ । त्यसको आधारमा उनका लागि ठूलो बोली लाग्ने अनुमान गरिएको थियो । तर अक्सनमा त्यसो माहोल देखिए न् र उनि केवल २ करोड २० लाखमा सिमित हुन् पुगे ।

अघिल्लो संस्करणमा उनले १४ खेलमा ३ सय ११ रन बनाएका थिए । त्यस बेला उनलाई राजस्थानले १२ करोड ५० लाख खर्चिएको थियो । सुरुवाती अवस्थामा राम्रो प्रदर्शन गरेपनि पछि राजस्थानले खराब प्रदर्शन गर्न पुगेको थियो ।

टिमले स्मिथको कप्तानीबाट ठूलो आशा समेत गरेको थियो । तर स्मिथ त्यस महत्वपूर्ण जिम्मेवारीमा खरो उत्रिन सकेका थिएनन् । त्यसकै कारण उनलाई टिमले रिलिज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्