onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अक्सन आज : खेलाडी धेरै आवस्यकता कम

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को खेलाडी छ्नोट प्रक्रिया अन्तर्गतको अक्सन आज बिहिबार हुँदैछ ।

चेन्नईमा हुने उक्त अक्सन समारोह नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि सुरु हुने तालिका रहेको छ । यसपटक अक्सनमा कुल २ सय ९२ खेलाडीको बोली लाग्दा विदेशी खेलाडीको हकमा १ सय २५ विदेशी खेलाडी रहेका छन् ।

जसबाट २२ विदेशीसहित कुल ६१ खेलाडी मात्र अनुबन्ध हुन् सक्नेछन् । यता अक्सनमा नेपालका युवा खेलाडी सन्दीप लामिछाने पनि समावेश रहेका छन् । उनले आफ्नो न्युनतम मूल्य ४० लाख भारतीय रुपिए राखेका छन् ।

सन्दीपले न्युनतम मूल्य राखेको भएता पनि उनको बोली लाग्नेमा अलिकति कठिन देखिन्छ । तर सम्भावना भने नरहेको होईन । विशेष गरि स्पिनर केही टिमलाई मात्र आवस्यक भएको हुँदा उनलाई अन्तिम समयमा बोली लाग्न सक्ने सम्भावना देखिन्छ ।

सन् २०१८ देखि तीन सिजन दिल्लीमा रहेका सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । पहिलो संस्करणमा राम्रो प्रदर्शन गरेपछि सन्दीपको क्रिकेटिङ यात्राले गति लिएको थियो । दोस्रो सिजनमा पनि उनले आफ्नो खेल देखाउने अवसर पाउँदा युएईमा भएको अघिल्लो सिजनमा उनि पूरै बेन्चमा बसेर स्वदेश फर्किएका थिए ।

अहिलेसम्म उनले आईपीएलमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्