onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डु प्लेसिसले लिए टेष्ट क्रिकेटबाट सन्यास

एजेन्सी । दक्षिण अफ्रिका का पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान फाफ डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

उनले बुधबार आफ्नो सामाजिक संजालमार्फत सन्यास लिएको घोषणा गरेका थिए । ३६ वर्षीय डु प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेष्टको सुरुवात गरेका थिए ।

यसबीचमा उनले दक्षिण अफ्रिकाबाट कुल ६९ टेष्ट खेले । जस अन्तर्गत उनले टेष्टतर्फ १० शतक , २१ अर्धशतक सहित कुल ४ हजार १ सय ६३ रन बनाए।

यो सँगै अब उनि लिमिटेड ओभरको क्रिकेटमा मात्र खेल्नेछन् । उनले विशेष गरि २०२१,२०२२ को टि- ट्वान्टी विश्वकपमा अझ केन्द्रित हुन् सन्यास लिएको बताएका छन् । विश्वकप सन् २०२१ मा भारतमा र अर्को वर्ष अष्ट्रेलियामा हुने भनिएको छ ।

डुप्लेसिसले दक्षिण अफ्रिकाबाट १ सय ४३ एकदिवसीय र ५० टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । गत वर्ष सम्म टिमलाई नेतृत्व गर्दै आएका डुप्लेसिसको कप्तानीको समयावधिमा टिमले पनि संतोषजनक प्रदर्शन गर्दै आएको थियो । उनले कप्तानी छोडेपछि अहिले टिमको नेतृत्व विकेट किपर ब्याट्सम्यान क्विन्टन डी ककले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्