onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धादिङमा जिल्लास्तरीय टि – ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौं(अनलाइन खेल खबर )। फागुन ७ गतेदेखि १० गतेसम्म धादिङमा जिल्ला स्तरीय टि – ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधबार धादिङमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजक धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।

प्रजातन्त्र दिवसको अवसर पारेर गर्न लागिएको प्रतियोगिताका सम्पूर्ण खेलहरु बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुने आयोजकले जानकारी गराएको छ।

जसमा प्रतियोगिताका संयोजक दीपेश कँडेलले यस प्रतियोगिताले धादिङको क्रिकेट विकाशमा ठूलो टेवा पुग्ने बताएका थिए । साथै राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न यस प्रतियोगिताले केही हदसम्म भएपनि भूमिका खेल्ने उनको धारणा रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १० टोलीको सहभागीता रहने छ । जसमा बेनिघाट, विशालटार, मलेखु, गजुरी, नौबिसे, त्रिपुरा सुन्दरी, सन्कोस, गणेश हिमाल, निकण्ठ र बैरेनी क्रिकेट टोली रहेका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको सेमिफाइनल खेल फागुन ९ र फाइनल १० गते हुनेछ ।

यस्तै प्रतियोगिताको विजेताले नगद २५ हजार र उप- विजेताले १५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले पनि ५-५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्