onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल टोली राजस्थानले तयार गर्यो आफ्नै क्रिकेट एकेडेमी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको फेन्चाइज टोली राजस्थान रोयल्सले आफ्नै क्रिकेट एकेडेमी स्थापना गरेको छ ।

राजस्थानले भारतको पूर्वोत्तर राज्यमा क्रिकेटको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उदेश्यका साथ असमको राजधानी गुवाहाटीमा क्रिकेट एकेडेमी स्थापना गरेको हो ।

गुवाहाटीस्थित बर्सापारा रंगशालामा अवस्थित यस एकेडेमी राजस्थानले असम क्रिकेट एसोसिएसनसँग सहकार्य गरेर सन्चालन गर्नेछ । जसको उद्घाटन मंगलबार एक कार्यक्रमका बीच गरिएको थियो ।

राजस्थानको यो कदमलाई असम क्रिकेट एसोसिएसनले पनि खुशी ब्यक्त गर्दै खुलेरै प्रसंशा गरेको छ । एकेडेमी सन्चालन भएसँगै त्यस क्षेत्रका पुरुष र महिला खेलाडीले त्यसको सजिल्लै लाभ उठाउन सक्नेछन् ।

जहाँ राजस्थान रोयल्सका कोचिङ स्टाफले एकेडेमीका प्रशिक्षकलाई प्रशिक्षण गराउने छन्। यस्तै उत्कृष्ट खेलाडीलाई शिक्षासहित सम्पूर्ण खर्च राजस्थानले उठाउने छ । यसका साथै एकेडेमीमा राजस्थानले सबै जरुरतका सामाग्री तथा प्रशिक्षक उपलब्ध गराउने छ ।

भारतीय क्रिकेटमा यो क्षेत्र सम्भावना हुँदा हुँदै माथि उठन नसकिरहेको अवस्थामा यो एकेडेमीको स्थापनासँगै केही हदसम्म भएपनि राम्रा खेलाडी उत्पादनमा यस एकेडेमीले टेवा दिने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्