onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एसिया कप छनोट प्रतियोगिता को फाईनल समीकरण रोचक बन्यो : नेपाल यसरी पुग्न सक्छ

भदौ १७ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट प्रतियोगिता को फाईनल समीकरण रोचक बनेको छ ।

लिग चरण का प्रत्येक टोलि को ४/४ खेल सकिएको छ । अब प्रत्येक टिम ले अन्तिम खेल खेल्न बाकि रहेको अबस्था छ ।

प्रतियोगिता को नतिजा हेर्दा अन्तिम खेल ले नै फाईनल पुग्ने टिम को पक्का गर्ने देखिएको छ । जसमा ओमान , युएई , हङकङ र नेपाल मध्यका टिम ले फाईनल स्थान पक्का गर्ने छ्न जसको निर्धारण भदौ १९ गतेको खेल ले नै अब निर्धारण गर्ने देखिन्छ ।

आईतबार ओमान र हङकङ को खेल पानी ले प्रभावित हुन पुग्दा दुबैले १/१ अंक बाढे पछि फाईनल समीकरण अझ रोचक बन्न पुगेको हो ।

अंकतालिका मा ४/४ खेल सकिदाँ ओमान ७ अंक सहित शीर्षस्थान मा छ भने युएई दोस्रो स्थान मा ६ अंक सहित छ उसको रनरेट १.५८३ रहेको छ भने तेस्रो स्थान मा हङकङ ५ अंक सहित छ जसको रनरेट १.५७ रहेको छ भने नेपाल चौथो स्थान मा ४ अंक ०.१७६ सहित छ ।

यस्तो मा अब भदौ १९ गते नेपाल ले हङकङ सगँ भिडदै छ भने ओमान ले युएई को सामना गर्ने छ । अब नेपाल फाईनल पुग्न मौसम को साथ तथा हङकङ लाई जसरी पनि हराउनै पर्छ साथ मा रनरेट सुधार गर्दै भने ओमान ले युएई लाई हरायो भने नेपाल ओमान सगैं प्रतियोगिता को फाईनल पुग्ने छ ।

आयोजक मलेसिया र सिगापुर भने फाईनल समीकरण बाट बाहिरीसकेका छ्न । यस प्रतियोगिता को बिजेता टोलि ले आउदो सेप्टेम्बर १३ देखि २८ सम्म युएई मा हुने एसिया कप क्रीकेट प्रतियोगिता खेल्नेछ । जहाँ भारत र पाकिस्तान जस्ता बलिया टोलि सगँ खेल्न पाउने सुबर्ण अबसर छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *