onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल फेन्चाइज टोली किंग्स इलाभेन पन्जावको नाम परिवर्तन

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको फेन्चाइज टोली किंग्स इलाभेन पन्जावले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

जस अनुसार अब टोलीको नाम पन्जाव किंग्स रहनेछ । भारतीय विश्व प्रख्यात वेबसाईट क्रिकबजको रिपोर्ट अनुसार नाम परिवर्तनका लागि टोलीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई) सामु प्रस्ताव पनि लगिसकेको छ । त्यसमा बिसीसीआई सकारात्मक पनि देखिएको छ ।

त्यसका लागि टोलीले मुम्बईमा ठूलो कार्यक्रम गर्दै नयाँ नाम परिवर्तन गरेको घोषणा गर्ने तय भईसकेको रिपोर्टमा उल्लेख छ ।

यसअघि दिल्लीले पनि आफ्नो नाम परिवर्तन गरि डेयरडेभिल्सबाट क्यापिटल्स राखेको थियो । यता पन्जावले यस परिवर्तनलाई पछिल्लो समयको सबै कमि कमजोरी हटाएर एक नयाँ युगको सुरुवात गर्ने मनसाय बनाएको छ ।

स्मरण रहोस पन्जाव १३ औं संस्करणसम्म आईपुग्दा अहिलेसम्म उल्लेख प्रदर्शन गर्न सकिरहेको छैन । पहिलो संस्करणमा तेस्रो भएको पन्जावले त्यसपछिका लगातार सिजनमा खराब प्रदर्शन गर्दा सन् २०१४ को सिजनमा उप – विजेता हुनुनै उसको अहिलेसम्मकै सर्वाधिक ठूलो सफलता हो ।

त्यसपछि पन्जाव २०१५ र २०१६ मा आठौं स्थानमा रहेर सिजनको समाप्ती गर्दा २०१७ मा पाँचौ,२०१८ मा सातौ, २०१९ र २०२० मा छ्ठौं स्थानमा रहेर पन्जावले सिजन समाप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्