onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आश्विनले शतकीय पारी खेल्दा भारतद्वारा विशाल लक्ष्य प्रस्तुत

एजेन्सी । रविचन्द्रन आश्विनले शतकीय पारी खेलेसँगै घरेलु टोली भारतले दोस्रो टेष्टमा पाहुना टोली इंग्ल्यान्डसामू विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

चेन्नईमा जारी टेष्टको तेस्रो दिनमा दोस्रो इनिङ्समा ८५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर भारत २ सय ८६ रनमा सिमित हुन् पुगेपछि इंग्ल्यान्डले ४ सय ८२ रनको विजयी लक्ष्य प्राप्त गरेको हो ।

पहिलो इनिङ्समा सानदार ब्याटिङ गरेको भारतको दोस्रो इनिङ्स भने त्यति संतोषजनक नरहेपनि उसका लागि बलिङ अलराउन्डर रविचन्द्रन अश्विनले शतकीय पारी खेल्दा उक्त रन बनाउन सफल भयो ।

टेष्टतर्फ आफ्नो करियरकै पाँचौ शतक प्रहार गर्ने क्रममा उनले १ सय ४८ बलमा १४ चौका र १ छ्क्काको मद्धतमा १ सय ६ रनको योगदान गरेका थिए ।

यी बाहेक टिमका लागि कप्तान विराट कोहलीले १ सय ४९ बलमा ७ चौकासहित ६२ रन बनाए । भने रोहित शर्माले २६ रन र मोहम्मद सिराजले १६ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका ज्याक लीच र मोईन अलिले ४-४ विकेट हात पारे भने ओली स्टोनले १ विकेट लिए ।

यसअधि भारतले पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको थियो । त्यस क्रममा उसका लागि रोहित शर्माले सानदार ब्याटिङ गर्ने क्रममा १ सय ६१ रनको योगदान गरेका थिए । यस्तै अजिंक्य रहाणेले ६७ रन र रिषभ पन्तले ५८ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका लागि मोईन अलिले सर्वाधिक ४ विकेट लिदा ओली स्टोनले ३,ज्याक लिचले २ र जो रुटले १ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङ्स सुरु गरेको इंग्ल्यान्ड ५९.५ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा सिमित हुन् पुगेको थियो ।

इंग्ल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान बेन फोक्सले सर्वाधिक ४२ रन बनाए भने ओली पोप २२ रन र बेन स्टोक्सले १८ रनको योगदान गरेका थिए ।

बलिङतर्फ रविचन्द्रन आश्विन एक्लैले ५ विकेट हात पार्दा अक्षर पटेल र इशान्त शर्माले पनि २-२ विकेट लिएका थिए । यस्तै मोहम्मद सिराजले १ विकेट हारे ।

यता विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले आफ्नो पारीलाई सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्