onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सङ्खर अर्याल एसोसिएटले उचाल्यो चार्टर्ड क्रिकेट लिग (सीसीएल ) को उपाधि

काठमाडौं (अनलाइन खेल खबर )। काठमाडौंमा भएको पहिलो संस्करणको चार्टर्ड क्रिकेट लिग (सीसीएल ) को उपाधि सङ्खर अर्याल एसोसिएटले उचालेको छ ।

आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा डि एन्ड डि एसोसिएटलाई ६० रनले पराजित गर्दै सङ्खर अर्याल एसोसिएट प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा सङ्खर अर्याल एसोसिएटले प्रस्तुत गरेको १ सय ४९ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको डि एन्ड डि एसोसिएट १६.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८८ रनमा सिमित हुन् पुगेपछि सङ्खर अर्याल एसोसिएटलाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

विशाल लक्ष्यलाई पछ्याएको भएपनि डि एन्ड डिका लागि मनोहरीले १६ रन तथा सागर राईले १५ रन,विपुल निरौलाले १४ रन र विशाल रानाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ सङ्खर अर्याल एसोसिएटका लागि दिपेन सिंहले सर्वाधिक ४ तथा कप्तान सङ्खर अर्यालले ३ विकेट हात पारे । भने मनिश र सरोजले १ -१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा सङ्खर अर्याल एसोसिएटले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

उसका लागि टिमका उप – कप्तान दिपेन सिंहले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३९ रनको योगदान गरे । यस्तै ओपनर ब्याट्सम्यान दिलिप क्षेत्री , प्रभाकर ठाकुर र कनहाई राउतले समान २१-२१ रन बनाएका थिए ।

यी बाहेक ओपनर तथा टिम कप्तान सङ्खर अर्यालले १४ तथा धर्मेन्द्र यादवले १० रन बनाएका थिए ।

बलिङतर्फ डि एन्ड डि एसोसिएटका लागि दिपेन शाह र कौशल मण्डलले २-२ विकेट हात पार्दा देवेन्द्र चन्द र विक्रम पाण्डेले १-१ विकेट लिएका थिए ।

हर्शल भण्डारी एसोसिएटको आयोजनामा भएको प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्